logo
२०८१ बैशाख १५ शनिवार



६० हजार गोरखाको स्मारणमा बन्दै गरेको पार्क निर्माण अलपत्र

प्रदेश |
समाज |


६० हजार गोरखाको स्मारणमा बन्दै गरेको पार्क निर्माण अलपत्र


अर्जुन काफ्ले
स्याङ्जा, साउन २३ गते । फेदिखोला गाउँपालिका १ साल्मेडाडाँमा निमार्णाधीन गोरखा स्मारक पार्क तथा संग्राहलय निर्माण कार्य सुस्त बनेको छ ।
वीर नेपालीको योगदानलाई पुस्तौं सम्म स्मरण गराउने उदेश्यले अघि बढाइएको बृहत योजना झण्डै एक दशक पुग्न लाग्दा पनि पुरा हुन नसकेको हो । यहाँ पहिलो र दोस्रो विश्वयुद्ध लगायत अन्य युद्धमा मारिएका र हराएका ६० हजार नेपालीहरुको सम्झनामा स्मारक बनाउन लागिएको हो ।
गोरखा भूतपूर्व सैनिक संघ (गेसो) को अगुवाइमा नौ बर्षअघि स्मारकको शिलान्यास भएको हो । युद्धका बेला मारिएकाको समाधिस्थल, उनीहरुले प्रयोग गरेका हतियार लगायत अन्य सामाग्री, म्युजियम, सांस्कृतिक ग्राम, गोरखा टावर, १९ जातीका धर्म, संस्कृति र रितिरिवाज, बाटिका, श्रद्धान्जलीसभा हल, रेल सहितको निर्माण गरिने गेसोको महत्वाकांक्षी योजना रहेका छन् ।
वरपर हरियाली र पहाडी बस्ती, माछापुच्छ«े लगायतका हिमालय श्रृंखला देख्न सकिने प्राकृतिक सौन्दर्यताले भरिपूर्ण स्थल साल्मेडाँडालाई छनौटगरी गेसोले स्मारक निर्माण कार्य सुरु गरेको हो ।
पोखराबाट १७ किलोमीटर दक्षिण पूर्वमा पर्ने साल्मेडाँडा कास्की र स्याङजाको संगमस्थलमा निमार्णाधिन पार्क ३ सय रोपनीमा समेटिएको छ भने पार्क निर्माणका लागि दुई अर्ब खर्च लाग्ने अनुमान रहेको छ ।
ऐतिहासिक गौरवको आयोजनाका रुपमा रहेको सो बृहत योजना स्रोतको कमी, र नेतृत्व परिवर्तनपछि काम हुन नसकेको फेदिखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले बताउनुभयो ।
योजनालाई अलपत्र पर्न नदिन गाउँपालिकाको पहलमा संघीय सरकारले बहुबर्षिय योजना अनुरुप गतबर्ष पाचँ करोड करोड रुपियाँ उपलब्ध गराएपछि केही काम सुरु गरेको सुबेदीले बताउनुभयो ।
बृहत योजना सहित सुरु गरिएको पार्क निर्माणलाई पूरा गर्नुपर्ने बताउदै अध्यक्ष सुवेदी पार्कमा केही भौतिक संरचना निर्माण भएको बताउनुभयो । निर्माण कार्य सुरु सुरुका बर्षमा जे जति रफ्तारले काम भए पनि पछिल्ला दिनमा त्यस्तो हुन नसकेको स्थानीयबासी एवं खीरकुमारी गुरुङको भनाई थियो ।
उहाँले नेपालीहरुका लागि गौरवको आयोजनाका रुपमा लिएर काम थालनी भए पनि निरन्तरता पाउन नसक्दा गोरखा स्मारक अलपत्रै पर्ने हो कि चिन्ता बढेको बताउनुभयो । ब्रिटिस साम्राज्यको पक्षमा लागेर हजारौं नेपालीले ज्यान गुमाएको र उनीहरुका सम्झनामा स्याङजाको भूमिका बन्न लागेको पार्क निर्माण कार्यलाई गेसोले पुनः चासो र समन्वय गर्नुपर्ने र नेपाल सरकारले पनि सहयोग गर्न जरुरी रहेको छ ।
स्मारक निर्माणपछि पर्यटकका लागि आकर्षणको केन्द्र बन्ने छ भने युद्धका बेला ज्यान गुमाउनेका जीवनी सबैले अध्ययन अवलोकन गर्न पाउने छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?