logo
२०८१ जेष्ठ १९ शनिवार



हुम्लामा झाडापखालाका बिरामी बढे

प्रदेश |


हुम्लामा झाडापखालाका बिरामी बढे


राजन रावत
हुम्ला, साउन २२ गते । जिल्लामा झाडापखालाका बिरामीको सङ्ख्या बढेको छ । वर्षाको कारण फोहोर पानी र काँचा फलफूलको प्रयोगको कारण पखाला तथा पेट दुख्ने बिरामीको सङ्ख्यामा बृद्धि भएको हो ।
सिमकोट गाउँपालिका–५ की कल्पना रावतले पेट पोल्ने र पखाला लागेर बिरामले सताएको बताउनुभयो । उहाँले दैनिक एघार बाह्र पटक पखाला लाग्ने र पेट पोली रहने गरेको कारण सन्चै नभएको बताउनुभयो । आफुलाई मात्र नभएर गाउँमा धेरै मानिसहरुमा झाडा पखाला र पेट दुख्ने बिराम बढी रहेको बताउदै उहाँले काँचा फलफुल र नयाँ तरकारी बिचार गरेर मात्र प्रयोग गर्न सुझाब दिनभयो । काँचो आरुबखडा खाएर पखाला सुरु भएको उहाँले बताउनुभयो । पछिल्लो समय आरुबखडा, काँचा स्याउ, आरु, चुली लगाएका फलफूल र नयाँ आलु प्रयोग गर्नेको सङ्ख्या बढिरहेको छ ।
एक हप्तायता जिल्ला अस्पतालमा झाडापखाला र पेट दुखेर आउने बिरामीको सङ्ख्यामा बृद्धि भइरहेको अस्पतालकी सिनियर अनमि सरिता बोहराले बताउनुभयो । आफूसमेत पखालाबाट पीडित भएको बताउनुहुने बोहराले अस्पतालमा दैनिक बीसदेखि पच्चीस जना पखाला र पेट दुख्ने बिरामी उपचारका लागि आउने गरेको बताउनुभयो । उहाँले अस्पतालमा बढी पखाला लागेका बिरामीलाई स्लाइन चढाएर भर्ना गर्ने र कम लाग्नेलाई चेकजाँचपछि औषधी दिएर घर फिर्ता पठाउने गरिएको बताउनुभयो । वर्खा सुरु भएको कारण पानी फोहोर हुने, काँचा फलफूलको प्रयोग गर्ने तथा तरकारी राम्रो सरसफाइ नगर्नाले झाडा पखाला तथा पेट दुख्ने बिरामी बढ्ने भएकै कारण यो समस्या आएको हुन सक्ने अस्पतालले जनाएको छ । पानी उमालेर, फलफुल राम्री सफा पानीले धोएर तथा तरकारी राम्ररी पखालेर पकाई प्रयोग गर्न पनि अस्पतालले सुझाव दिएको छ । यसैबिच खार्पुनाथ, सर्केगार्ड, चंखेली, अदानचुली र ताँजाकोट गाउँपालिकामा पनि यस्ता खाले बिरामी देखिन थालेको जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?