logo
२०८१ बैशाख १४ शुक्रवार



तनहुँमा भाइरल ज्वरो र अन्य सङ्क्रमणका बिरामी बढे

प्रदेश |


तनहुँमा भाइरल ज्वरो र अन्य सङ्क्रमणका बिरामी बढे


अमरराज नहर्की
तनहुँ, साउन १९ गते । तनहुँमा भाइरल ज्वरो र अन्य सङ्क्रणमा बिरामी बढेका छन् । विरामीको चाप धेरै भएकोले सरकारी तथा निजी क्लिनिकमा भीडभाड भएको छ । जिल्लाभर ज्वरो आउने रुघाखोकी लाग्ने, टाउको तथा घाँटी दुख्ने समस्या भएका बिरामी बढिरहेका छन् ।
डुम्रे, आँबुखैरेनी, भिमाद, खैरेनीटार, दुलगौंडा जस्ता मुख्य बजार तथा ग्रामिण क्षेत्रका स्वास्थ्य सस्थामा बिरामी बढेका हुन् । कोरोना सङ्क्रमण फेरी उकाली लागिरहेकै बेला सङ्क्रमणसँग मिल्दोजुल्दो लक्ष्यण भएका विरामी बढ्न थालेको दमौली अस्पतालकी डा. सैंजु श्रेष्ठले जानकारी दिनुभयो । ज्वरो, भाइरल फिवर, दम, झाडापखाला, टाइफाइडजस्ता रोगका बिरामीको सङ्ख्या बढेको अस्पतालले जनाएको छ । पहिलो भन्दा दोब्बर बढी बिरामी अस्पतालमा आईरहेको डा.सैंजुले बताउनुभयो ।
अस्पतालमा दैनिक १२० जना बिरामी आउने गरेको अस्पतालले जनाएको छ । ‘‘कोरोनाको लक्ष्यणसँग मिल्दो मात्रै दैनिक ७० देखि ८० जना विरामी आउने गरेका छन् यसले गर्दा अस्पतालका चिकित्सकलाई भ्याइ÷नभ्याई भइरहेको छ’’ डा. सैंजुले भन्नुभयो । भौतिक दुरी कायम राख्ने, मास्क लगाउने, साबुनपानी वा सेनिटाईजरले बेला बेलामा हात धुने, बासी सढेगलेका खानेकुरा नखाने, उमालेको पानी पिउने, हरियो सागपात, झोलिलो खानेकुरा प्रशस्त खानुुपर्ने डा. सैंजु सुझाव दिनुहुन्छ ।
सरकारी भन्दा निजी क्लिनीमा बिरामी धेरै आउने गरेका छन् । पहिलेभन्दा गर्मी बढेसँगै विरामीको सङ्खा धेरै भएको बन्दीपुर गाउँपालिका–१ डुम्रेस्थित मोती मेडिकल हलका सञ्चालक दलसिंह थापाले जानकारी दिनुभयो । दैनिक ६० देखि ७० जना आउने गरेको र धेरैजसोमा रुघाखोकी र टाईफाइटको बिरामी रहेको थापाले बताउनुभयो । पहिलेभन्दा हाल दोब्बर बढी बिरामी उपचारमा आउने गरेको शुक्लागण्डकी नगरपालिका बेलचौतारास्थित जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रले जनाएको छ ।

बिरामीलाई खानपिन, व्यायाम र सरसफाइमा ध्यान दिन सल्लाह दिँदै आएको अस्पतालका चिकित्सकहरु बताउँछन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?