logo
२०८१ बैशाख १५ शनिवार



डडेल्धुरा अस्पतालमा अक्सिजन प्लान्ट जडान शुरु

प्रदेश |


डडेल्धुरा अस्पतालमा अक्सिजन प्लान्ट जडान शुरु


राजेन्द्र ठगुन्ना
अमरगढी,साउन १९ गते । सुदूरपश्चिममा संघिय सरकार मातहतको एक मात्र डडेल्धुरा अस्पतालमा अक्सिजन प्लान्ट जडानको काम सुरु भएको छ ।
नेपाल सरकारले डडेल्धुरा अस्पतालमा अक्जिन प्लान्ट निर्माणका लागि ४ करोड रुपिँया उपलब्ध गराएपछि अक्सिजन प्लान्ट जडानको काम शुरु गरिएको अस्पताल विकास समिति अध्यक्ष करुणाकर ओझाले बताउनुभयो ।
डडेल्धुरा अस्पतालमा रहेको पुरानो अक्सिजन प्लान्टको क्षमता दैनिक २७ सिलिण्डर भर्ने रहेको हाल जडान भै रहेको अक्सिजन प्लान्टको क्षमता दैनिक २ सय सिलिन्डरभन्दा बढी रहेकोले डडेल्धुरा अस्पतालमा मात्रै नभई सुदुरपश्चिमभरि नै अक्सिजनको अभाव नहुने ओझाले बताउनुभयो ।
गत असाढ मसान्तसम्म अक्सिजन प्लान्ट जडानको काम सक्ने गरी सम्झौता भएको भए पनि नेपाल सरकारले नै सम्झौताको म्यादथपगर्दा केही ढिलाई भएको निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर जगदीशचन्द्र बिष्टले बताउनुभयो । उहाँले भन्नुभयो साउनभित्र जडानको सम्पूर्ण काम सम्पन्न गरी भदौदेखि अक्सिजन उत्पादन हुन्छ ।
नेपाल सरकारले डडेल्धुरा अस्पतालका लागि आईसियु,भेन्टिलेटर र अक्सिजन ट्याङ्क निर्माणका लागि ६ करोड ८० लाख, एचडियु स्थापनाका लागि ३ करोड १२ लाख ७० हजार र अक्सिजन प्लान्ट निर्माणका लागि ४ करोड रकम विनियोजन गरेको थियो ।
अक्सिजन प्लान्ट जडानको काम अन्तिम चरणमा पुगेको र अक्सिजन ट्याङ्की पनि खरिद गरी अस्पतालमा राखिनुका साथै आईसियु, एचडियु स्थापनाको काम पनि सुरु गरिएको अस्पताल विकास समिति अध्यक्षले ओझाले बताउनुभयो ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?