logo
२०८१ बैशाख १५ शनिवार



एक हजार वर्ष पुरानो हल्जी गुम्बाको मर्मत अन्तिम चरणमा

प्रदेश |


एक हजार वर्ष पुरानो हल्जी गुम्बाको मर्मत अन्तिम चरणमा


राजन रावत
हुम्ला असार ३ गते । नाम्खा गाउँपालिकाको वडा नम्बर ६ को हिमालपारीको लिमीको हल्जी गाउँमा जीर्ण अवस्थामा रहेको थुप्तेन रिन्छेन्लिङ गुम्बाको मर्मत कार्य अन्तिम चरणमा पुगेको छ । पुरातात्तिक र ऐतिहासिक महत्वको उक्त गुम्बा जीर्ण भएपछि मर्मत कार्य गरिएको हो ।
एक हजार दुई सय वर्ष पुरानो ऐतिहासिक महत्व बोकेको थुप्तेन रिन्छेन्लिङ गुम्बाको मर्मत कार्य अन्तिम चरणमा पुगेको वडा अध्यक्ष पाल्जोर तामाङले बताउनुभयो । काठको काम बढी भएको उक्त गुम्बाको सो काठ फेर्ने कार्य, भित्रि चोकमा ढुङ्गा बिछ्याउने, भर्याङ निर्माण गर्ने लगाएतका काम स्थानीय उपभोक्ता समितिबाट अन्तिम चरण पुगेको हो । गुम्बाका लागि आवश्यक पर्ने काठ दुई दिन लाग्ने सल्ली खोलाबाट काठ चौरीमा बोकेर लगि गुम्बाको मर्मत गर्ने कार्य गरिएको उहाँले बताउनुभयो ।

गुम्बा जीर्ण भएपछि गत असोजमा पूर्व मन्त्री कर्णाली प्रदेश सभाका सदस्य जीवनबहादुर शाहीसँग गुम्बाका टोपे र लामाहरुले मर्मतका लागि माग गर्नु भएको थियो । सोही अवसरमा पूर्वमन्त्री शाहीले कर्णाली प्रदेश सभाका सदस्यहरुका लागि सरकारले तय गरेको प्रदेश पूर्वाधार विकास कार्यक्रमबाट मर्मत गर्ने बताउनु भएको थियो । धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्वको हल्जी गुम्बाको मर्मतका लागि पूर्वमन्त्री शाहीले पच्चिस लाख बजेट छुट्याउनु भएको थियो । सोही रकमबाट गुम्बाको मर्मत कार्य भएको हो । लिमीका अन्य दुई वटा गाउँ जाँङ र तिलका स्थानीय पलाएन हुने क्रम बढेको भएपनि उक्त गुम्बाको कारण हल्जी गाउँका स्थानीय गाउँ छाड्न मान्दैनन । लिमीको वडा कार्यालयले बाहिरका मानिसलाई गाउँ प्रवेशमा निषेध गरेर बिकास निर्माणलाई भने तीब्रता दिदैँ आउनु भएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?