logo
२०८१ बैशाख १५ शनिवार



मृगौला पीडित तिलक तामाङलाई चार लाख रुपियाँ नगद सहयोग

प्रदेश |
विदेश |


मृगौला पीडित तिलक तामाङलाई चार लाख रुपियाँ नगद सहयोग
इराकमा रहेका सिन्धुपाल्चोकबासीबाट प्राप्त सहयोग मृगौला पीडितलाई हस्तान्तरण गर्दे पूर्वमन्त्री मोहनबहादुर बस्नेत ।



चित्र मिजार
सिन्धुपाल्चोक, जेठ २९ गते । बाह्बिसे नगरपालिका ५ बुकामका मृगौला पीडित तिलक तामाङलाई चार लाख आठ हजार ४८० रुपियाँ नगद सहयोग गरिएको छ । वषौंदेखि दुवै मृगौला फेल भएर तामाङ थलिएर बसेका थिए ।
भोटेकोशी गाउँपालिका १ का वडा अध्यक्ष मुके शेर्पाको नेतृत्वमा उक्त सहयोग मृगौला पीडितलाई प्रदान गरिएको हो । सिन्धुपाल्चोकबाट इराकमा गई काम गर्दे आएकी नोर्की शेर्पा, युएईमा काम गर्दे आएकी उषा तामाङ, नेपालकी केशरी तामाङ र वडा अध्यक्ष मुके शेर्पालगायतले सो रकम जुटाएर मृगौला पीडित तिलक तामाङलाई प्रदान गरिएको हो ।
नेपाली काँग्रेसका युवा नेता युधिर पौडेलका अनुसार नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको हातबाट सो रकम मृगौला पीडित तिलकलाई प्रदान गरिएको छ । इराकमा रहेकी नोर्की शेर्पा लगायतको समूहले पठाएको अरु रकमबाट ४५ घरलाई खाद्यान्न वितरण पनि गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?