logo
२०८१ जेष्ठ ५ शनिवार



प्यूठानमा दुई पक्की पुल बने, १९ वटाको काम सुचारु

प्रदेश |


प्यूठानमा दुई पक्की पुल बने, १९ वटाको काम सुचारु
मरुक नदीमा बनेको स्याउलीघारी पक्की पुल ।


सलिम मियाँ
बिजुवार, जेठ २३ गते । प्यूठानमा यो वर्ष दुई वटा मोटर गुड्ने पक्की पुल निर्माण भएका छन् । पूर्वाधार विकास कार्यालय रोल्पाले काम थालेका नौवटामध्ये एक र सडक डिभिजनले निर्माण थालेका १२ वटामध्ये एकवटा पुलको निर्माणकार्य सकिएको हो ।
बाँकी १९ स्थानमा पक्की पुल निर्माणकार्य जारी छ । बन्दाबन्दीमा पनि सामाजिक दूरी कायम गर्दै मजदुर निर्माण कार्यमा जुटेका छन् ।
प्यूठानको झिमरुक–७ स्थित मच्छी– ढाँड स्याउलीघारी पक्की पुलको निर्माणकार्य सकिएको छ ।
२०७२ असोजमा सम्झौता भई काम थालिएको उक्त पुल वैशाखमा सम्पन्न भएको पूर्वाधार कार्यालयका निमित्त प्रमुख दीपक खड्काले बताउनुभयो । १०२ मिटर लम्बाइ र ५.४५ मिटर चौडाइ रहेको पुल चार करोड दुई लाख ७८रुपियाँ लागतमा निर्माण गरिएको हो । दुई करोड ६० लाख १९ हजार रुपियाँको लागतमा २०७४ जेठमा सम्झौता भएको सरुमारानी –२ सुकाखोलाको पक्की पुल पनि यसै वर्ष सम्पन्न भएको सडक डिभिजन कार्यालय प्यूठानका बिनोद सापकोटाले जानकारी दिनुभयो।
निर्माणधीन अन्य पूर्वाधार र सडक डिभिजनका ६ वटा पक्की पुल अन्तिम चरणमा पुगेका हुन ।
पुर्वाधार अन्तर्गतको बांदिकोट स्थित बालुवाखोला पुल अन्तिम चरणमा पुगेको छ । त्यस्तै, सडक अन्तर्गतको लुङखोला,सिरानखोला,झिमरुक खोला,ऐरावती र माझिदमार डाब्रपुल अन्तिम चरणमा पुगेको कार्यालय प्रमुख सापकोटाले बताउनुभयो । कोभिड फैलदा काम गर्न गाह्रो भएको उहाँले बताउनुभयो । सापकोटाले भन्नुभयो, यो बर्ष ६ वटा पुल सक्नुपर्ने हो,त्यसमध्ये तीन वटा यस बर्ष पूरा हुन्छन भन्ने आश छ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?