logo
२०८१ जेष्ठ ३ बिहीवार



सङ्क्रमितको शव व्यवस्थापनमा जुट्दै सैनिक महिला

प्रदेश |


सङ्क्रमितको शव व्यवस्थापनमा जुट्दै सैनिक महिला


सलिम मियाँ अन्सारी
बिजुवार, जेठ १६ गते । प्यूठानमा कोरोना सङ्क्रमितको शव व्यवस्थापन महिला सैनिकले गरेका छन् । काेरोना सङ्क्रमित भई बिजुवार आइसोलेशनमा उपचारको क्रममा मृत्यु हुनुभएकी प्यूठान नगरपालिका –३ निवासी एक ६६ वर्षीया महिलाको शव विशेष तालिम प्राप्त महिला सैनिक टोलीले व्यवस्थापन गरेको हो ।
आइतबार नेपाली सेनाको इन्द्रध्वज गणबाट खटिएको महिला सैनिक टोलीले बिजुवारस्थित झिमरुक नदीमा हिन्दू परम्परानुसार शव व्यवस्थापन गरेको गणपति अर्जुनविक्रम थापाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ’कोरोना संक्रमणबाट मृत्यु भएकाहरूको शव मृतकको सांस्कृतिक परम्पराअनुसार व्यवस्थापन हुन्छ।’
प्यूठानमा कोरोना सङ्क्रमितको शव व्यवस्थापनमा यसअघि पुरुष सैनिक मात्रै खटिँदै आएका थिए ।
इन्द्रध्वज गणले पहिलो पटक उपसेनानी बुद्वलक्षमी श्रेष्ठको नेतृत्वमा पाँच जना महिला सैनिकलाई संक्रमितको शव व्यवस्थापनमा खटाएको इन्द्रध्वज गण प्यूठानका सहसेनानी,कोभिड फोकल अधिकृत खिमबहादुर अधिकारीले बताउनुभयो ।
प्यूठानमा आजसम्म मृत्यु भएका ४८ मध्ये १८ जनाको शव नेपाली सेनाले व्यवस्थापन गरेको गणले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?