logo
२०८१ बैशाख २२ शनिवार



कैलालीमा छ जना कोरोना सङ्क्रमितको मृत्यु

प्रदेश |


कैलालीमा छ जना कोरोना सङ्क्रमितको मृत्यु
सांकेतिक तस्बिर


अविनाश चौधरी
धनगढी, वैशाख २० गते । कैलालीका विभिन्न अस्पतालमा उपचाररत छ जना कोरोना सङ्क्रमितको सोमबार मृत्यु भएको गएको छ ।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीका अनुसार चार जना सङ्क्रमितको सेती प्रादेशिक अस्पताल र दुई जनाको निजी अस्पतालमा मृत्यु भएको हो । ज्यान गुमाउनेमा धनगढी उपमहानगरपालिका ४३ वर्षीय पुरुष, लम्कीचुहा नगरपालिका–१० का ३५ वर्षीय महिला, लम्कीचुहा–१ का ३८ वर्षीया महिला, धनगढी उपमहानगरपालिका–५ का ६० वर्षीया महिला छन् । यसैगरी, गोदावरी नगरपालिका–१ का ३० वर्षीय पुरुष र भीमदत्त नगरपालिका–७ का ६२ वर्षीय पुरुषको पनि ज्यान गएको जनाइएको छ ।
यस्तै, कञ्चनपुरको भीमदत्तनगरमा रहेको महाकाली अस्पतालमा पछिल्लो २४ घण्टामा उपचारको क्रममा पाँच जनाको ज्यान गएको कोभिड स्रोत व्यक्ति डा. गोविन्द रोकायाले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?