logo
२०८१ जेष्ठ २ बुधवार



पेट्रोलियम पदार्थ तस्करी गर्ने दश जना पक्राउ

प्रदेश |


पेट्रोलियम पदार्थ तस्करी गर्ने दश जना पक्राउ


कन्हैयालाल केसरी
पर्सा, चैत २६ गते । पर्सा जिल्लाको ग्रामीण क्षेत्रबाट पेट्रोलियम पदार्थको तस्करी गर्ने तीन भारतीय नागरिकसहित दश जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरि कारवाही चलाएको छ ।

सीमाक्षेत्र तथा ग्रामीण क्षेत्रमा रहेका पेट्रोल पम्पहरुले भारतीय नम्बर प्लेटको सवारी साधनमा चाहिएको भन्दा बढी र खुल्ला रुपमा ग्यालेन र ड्रममा पेट्रोलियम पदार्थ दिँदा खुल्ला सिमानाकाका कारण ग्रामीण क्षेत्रका सीमा नाकाहरुबाट बढी पेट्रोलियम पदार्थको तस्करी हुने गरेकोले सीमा नाकामा कडाइ गर्दा पेट्रोलियम पदार्थको तस्करीमा संलग्न रहेका केही ब्यक्ति र पेट्रोल पम्पका सञ्चालकहरु माथि कार्यवाही चलाइएको प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताउनुभएको छ ।

प्रहरी उपरिक्षक पाण्डेले नियन्त्रण गर्ने मुख्य जिम्मेवारी नेपाल आयल निगम प्रदेश २ प्रादेशिक कार्यालय अमलेंखगन्जको भए पनि खुल्ला सीमा नाकाबाट हुने पेट्रोलियम पदार्थको तस्करी नियन्त्रण गर्न प्रहरीले सीमा नाकामा केही कडाइ गर्दा व्यावहारिक रुपमा केही असजिलो भएको भए खेतीका लागि आवश्यक पर्ने पेट्रोलियम पदार्थ दिँदा सम्बन्धित निकायको सिफारिसमा दिँदा व्यावहारिक र उपयुक्त हुने उहाँको भनाइ छ ।
हाल वीरगन्जमा पेट्रोल प्रति लिटर ११९/२० पैसा र डिजेल १०२ रुपिँयामा बिक्री भइरहेको छ, भारतीय सीमा नाकामा पेट्रोल १५६ र डिजेल ११६ रुपियाँ प्रतिलिटरमा बिक्री भइरहेको छ ।

प्रहरीले विभिन्न मितिमा तस्करीमा प्रमाणसहित पक्राउ परेका भारतीय नागरिक मनोज गुप्ता, इदरीस मियाँ प्रिन्स साह र नेपाली नागरिक सागिर आलम , रबिकुमार साह मुनीसाह तेली , जालीम गद्धी , राजकुमार कुर्मी , र आसमहम्मद गद्धीलाई प्रक्राउ गरी तेल तस्करीसम्बन्धी कसुरमा कार्यवाही चलाएको छ ।

यस्तै सीमावर्ती क्षेत्रमा रहेका पेट्रोल पम्पहरु इस्लाम आयल स्टोस बिसमिल्लह आयल स्टोर र तीवारी आयल स्टोरलाई पेट्रोलियम पदार्थको अवैध तस्करीमा नेपाल आयल निगम २ न. प्रादेशिक कार्यालय अमलेखगन्जमा आवश्यक कार्यवाहीका लागि पठाएको छ ।

वीरगन्ज पेट्रोलियम एशोसिएशनका अध्यक्ष विनोद चौरसियाले कृषि कार्यका लागि चाहिने पेट्रोलियम पदार्थ उपलब्ध नगराउँदा गाउँघरमा समस्या देखिने र झैझगडाको अवस्थासमेत आउने गरिएकोले ग्यालेन तथा ड्रममा दिँदै आएको पेट्रोलियम पदार्थ अब जिल्ला प्रहरी कार्यालयको सिफारिसमा दिने एशोसिएशनले निर्णय गरको जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?