logo
२०८१ बैशाख १५ शनिवार



प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको प्रभाव, कामका लागि भारत जाने महिलाले गाउँमै काम पाए

प्रदेश |


प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको प्रभाव, कामका लागि भारत जाने महिलाले गाउँमै काम पाए


शेरबहादुर सार्की
बाजुरा, फागुन २३ गते । बाजुराका अधिकांश महिला यतिबेला गाउँमै विकासमा मजदुरी गर्न पाउँदा खुसी भएका छन् । विगतमा गाउँमा महिलाले गर्ने केही काम नमिलेपछि छोराछोरीको पढाइ र घरखर्च धान्नकै लागि श्रीमानसँगै उनीहरु कामको खोजीमा भारत जाने गर्थे ।
यती बेला प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत गाउँमै बाटो, धारा सडक निर्माण गर्ने जस्ता काम शुरु भए त्यसमा महिलालाई रोजगरी मिल्नथालेपछि उनीहरुमा खुसी छाएको हो ।
बडिमालिका नगरपालिका १ पीनालेखका स्थानीय महिला भाना कार्कीले भन्नुभयो, यस अघि गाउँमा महिलाका लागि केही काम मिल्दै थियो । यतिबेला गाउँमा महिलाहरुलाई तीन महिनाका लागि मात्र भए पनि काम मिलेको छ ।
उहाँले भन्नुभयो, यस कार्यक्रमले याहाँका गरीब दलित अपाङ्ग असाहय महिलाहरुका लागि पेट पाल्न धेरै सहज भएको छ । बाजुराका अधिकाशं युवा कामको खोजीकै लागि बर्सेनि भारत जान्छन् । भारतमा गएर श्रीमान चौकीदारी र श्रीमती कोठीमा काम गर्छन् । त्यो कामबाट मिलेको पैसा घरमा पठाउँछन् र त्यो पैसाबाट छोरा छोरीले पढाइ खर्च चलाउने गर्छन् ।
बडिमालिका नगरपालिका –१ का वडा अध्यक्ष रामबहादुर कार्र्कीले भन्नुभयो, यस अघि याहाँका अधिकांश महिला गाउँमा केही काम नपाएर भारत पलान हुँदै आएका थिए । स्थानीय सरकारले यती बेला गाउँमा विभिन्न कार्यक्रम लागु गदै गएपछि अहिले उनीहरु गाउँकै विकासको काम गर्न थालेका हुन् ।
उहाँले भन्नुभयो, वडा नं १ मा सञ्चालन हुँदै आएको प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत काम गर्नका लागि वडाले फारम भर्दा महिला पुरुष सबैलाई बराबर गरी पठाएको हो ,तर पुरुषभन्दा महिलाको नाम बढी निस्किएकोले याहाँका धेरै महिलाले काम गर्न पाएका हुन् ।
धेरै वर्षपछि यसरी गाउँकै काम गर्न पाएपछि महिलाहरुमा धेरै खुसी छाएको छ । वडा अध्यक्ष कार्कीले भन्नुभयो, याहाँका महिलाहरुले झण्डै एक सय दिनका लागि काम पाएका छन् । पहिला एक दिनमा काम गरेवापत सात सय रुपियाँ महिलाले पाउँदथे । अहिले रकम घटेर आएपछि ५०० सय रुपियाँ पाउने गरेका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?