logo
२०८१ बैशाख १५ शनिवार



काभ्रेमा एकै दिन ६४ जना निको भए, ३६ थपिए

प्रदेश |


काभ्रेमा एकै दिन ६४ जना निको भए, ३६ थपिए


मधुसूदन तिमल्सिना
काभ्रे, मङसिर ५ गते । काभ्रेपलाञ्चोक जिल्लामा एकै दिन ६४ जना कोरोना जितेर घर फर्किएका छन् । स्वास्थ्य कार्यालय काभ्रेका अनुसार शुक्रबार ६४ जना निको भएर घर फर्किएसँगै निको हुनेको संख्या एक हजार ८६५ पुगेको छ । जसमा एक हजार ४४४ पुरुष र ७२१ महिला निको भएका हुन ।
शुक्रबार थप ३६ नयाँ सङक्रमित थपिएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाका अनुसार धुलिखेल नगरपालिकाका १२, बनेपा नगरपालिकाका ११, पनौती नगरपालिकामा आठ, पाँचखाल नगरपालिका र मण्डनदेउपुर नगरपालिकामा दुई/दुई जना र नमोबुद्ध नगरपालिकामा एक जनामा सङक्रमण पुष्टि भएको छ । जिल्लामा सङक्रमितको संख्या दुई हजार ३३३ पुगेको छ । जिल्लामा दुई सय ३७ पुरुष र एक सय ९८ जना महिला सहित ४३५ सक्रिय सङक्रमित छन । ४१८ होम आइसोलेसनमा र १७ जना अस्पतालमा उपचाररत  छन ।
जिल्लामा कोरोना कै कारण ४७ जनाको मृत्यु भएको छ । जसमा १४ जना बाहिरी जिल्लाका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?