logo
२०८० चैत्र ६ मंगलवार



पाल्पामा एक सङ्क्रमितको मृत्यु

प्रदेश |


पाल्पामा एक सङ्क्रमितको मृत्यु


रेखीराम राना 
पाल्पा, कात्तिक ८ गते । कोरोनाका कारण पाल्पामा थप एक जनाको मृत्यु भएको छ । तानसेनस्थित मिसन अस्पतालमा उपचाररत तानसेन–१, का ५६ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
कोरोना सङ्क्रमित ती पुरुषको शनिबार उपचारको क्रममा अस्पतालमै मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताउनुभयो । योसँगै पाल्पामा कोरोनाका कारण मृत्यु हुनेको संख्या नौ पुगेको छ ।
यसअघि तानसेनका छ, बगनासकाली र पूर्वखोलाका एक÷एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको थियो । पाल्पामा हालसम्म एक हजार ९० जना कोरोना सङ्क्रमित छन् । यस्तै ८०३ जना निको भएर घर फर्किएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?