logo
२०८० चैत्र ६ मंगलवार



राष्ट्रिय सभा सदस्य पासवान अस्वस्थ हेलिकप्टरबाट काठमाडौं लगियो

प्रदेश |


राष्ट्रिय सभा सदस्य पासवान अस्वस्थ हेलिकप्टरबाट काठमाडौं लगियो


सर्लाही समाचारदाता
सर्लाही, कात्तिक ८ गते । एक्कसि बिरामी पर्नुभएका सर्लाही निवासी राष्ट्रिय सभा सदस्य राधेश्याम पासवानलाई थप उपचारका लागि हेलिकप्टरमार्फत शनिवार अपरान्ह काठमाडौं लगिएको छ ।
शनिवार बिहान अचानक प्यारालाईसिसले च्यापेपछि उहाँलाई नवलपुरस्थित मोडेल अस्पताल पु¥याइएको थियो । त्यहाँबाट दिउँसो स्वाभिमान अस्पताल हरिवन पु¥याइएका पासवानको स्वास्थ्य अवस्थामा सुधार नआएपछि अपरान्ह हेलिकप्टरको व्यवस्था गरी थप उपचारका लागि वयोधा अस्पताल काठमाण्डौं पठाइएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सर्लाहीका सचिव कमल बुढाथोकीले जानकारी दिनुभयो ।
बुढाथोकीका अनुसार पासवानको देबे्र हातसहित केही भाग चलेका छैनन् । पासवानलाई भेट्न केही दिनदेखि गृह जिल्लामै रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवलगायत नेकपाका नेता कार्यकर्ताहरु स्वाभिमान अस्पताल पुग्नुभएको थियो । राष्ट्रिय सभा सदस्य पासवान लालबन्दी नगरपालिका–२, नवलपुर जुटपानीका स्थायी वासिन्दा हुनुहुन्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?