logo
२०८१ बैशाख १४ शुक्रवार



कर्मचारीमा कोरोना पुष्टि भएपछि  गल्छी गाउँपालिका बन्द   

प्रदेश |


कर्मचारीमा कोरोना पुष्टि भएपछि  गल्छी गाउँपालिका बन्द   
सांकेतिक तस्बीर


धादिङ, कात्तिक १ गते। गल्छी गाउँपालिका कार्यालय ६ दिनसम्मका लागि बन्द गरिएको छ । गाउँपालिका अध्यक्ष कृष्णहरि श्रेष्ठसमेत तीन कर्मचारी र दुई स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि बन्द गरिएको हो ।    
गाउँपालिकाले सबै काम बन्द गरे पनि स्वास्थ्य सेवा भने नियमित सञ्चालन हुने गाउँपालिका स्वास्थ्य सहसंयोजक शिव पौडेलले बताउनुभयो । गाउँपालिकामा आज १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये तीन नेपाली सैनिक हुनुहुन्छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?