logo
२०८१ बैशाख १५ शनिवार

  सुदूरपश्चिममा विकासले फड्काे मार्दै  



पच्चीस वर्षदेखि बन्द पाटन विमानस्थलमा उड्यो चिलगाडी

प्रदेश |
पर्यटन |


पच्चीस वर्षदेखि बन्द पाटन विमानस्थलमा उड्यो चिलगाडी


गोकर्ण दयाल
बैतडी, असोज १७ गते । विगत २५ वर्षदेखि बन्द रहेको बैतडीको पाटन विमानस्थल कालोपत्रपछि परीक्षण उडान भएको छ । शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले परीक्षण उडान सुरु गर्नुभएको हो ।
सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीबाट मन्त्री भट्टराईले समिट एयरबाट डोटी, बझाङ र बैतडीको पाटन विमानस्थलको परीक्षण उडान गर्नुभएको हो ।
परीक्षण गडान गर्न बैतडीको पाटन विमानस्थलमा ओर्लिनु भएका मन्त्री भट्टराईले २९ वर्षअघि बैतडी आउँदा पाटन विमानस्थलमा गिद्धले ठोकिएको विमान रोकिएको देखेको स्मरण गर्नुभयो । आफू दुईदिन गाडीको यात्रा गरेर विद्यार्थी संगठन विस्तार गर्न बैतडी पुगेको मन्त्री भट्टराईले स्मरण गर्नुहुँदै आज मन्त्रीका रुपमा पाटन विमानस्थलको धावनमार्गमा परीक्षण उडान गर्न आईपुगेको बताउनुभयो ।
परीक्षण उडानपछि कार्यक्रममा बोल्नुहुँदै मन्त्री भट्टराईले सुदूरपश्चिमका पहाडी जिल्लामा हप्तामा दुईदिन नियमित उडान हुने बताउनुभयो ।
मन्त्री भट्टराईसँगै डोटीबाट प्रतिनिधित्व गर्नुहुँने संघीय सांसद प्रेम आले, बैतडीका दोमेदर भण्डारी र सुदूरपश्चिम प्रदेशका पर्यटन मन्त्री माया भट्ट पनि परीक्षण उडानमा सहभागी हुनुहुन्थ्यो ।
बैतडीबाट निर्वाचित संघीय सांसद भण्डारीले पाटन विमानस्थलको टर्मिनल हाउस, घेर पर्खाल निर्मार्णका लागि मन्त्री भट्टराई समक्ष माग राख्नु भएको छ ।
२०३६ सालदेखि २०५२ सालसम्म नियमित उडान हुने पाटन विमानस्थल द्वन्द्वका बेला संरचना ध्वस्त भएपछि २०५२ देखि बन्द रहेको थियो ।
२० मिटर चौडाई र ५८० मिटर लम्बाई रहेको विमानस्थल तीनवर्षअघि देखि पुनःनिर्माणको काम सुरु भएको थियो । विमानस्थल कालोपत्र ११ करोड खर्च भएको छ ।

तस्बिरः गाेकर्ण दयाल

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?