logo
२०८१ बैशाख २० बिहीवार



पहिरोमा नौ जना घर भित्रै पुरिए, एकको मृत्यु, एकको जिवितै उद्धार

प्रदेश |


पहिरोमा नौ जना घर भित्रै पुरिए,  एकको मृत्यु, एकको जिवितै उद्धार
सांकेतिक तस्बिर


अर्जुन काफ्ले
स्याङ्जा, असोज ८ गते । अबिरल बर्षाका कारण स्याङ्जामा घर भित्रै नौ जना पुरिएका छन् । वालिङ नगरपालिका वडा नम्वर १४ स्थित माया परियारको घर पहिरोले पुरिदा ९ जना घर भित्रै परेका हुन् ।
आज बिहान घर माथिबाट गएको पहिरोले घर पुरेको स्थानीय समाजसेवी राजु कुँवरले जानकारी दिनुभयो ।
१० जनाको परिवार रहेकोमा एक जनालाई जीवितै उद्धार गरी उपचारका लागि लगिएको छ भने एक जना महिलाको शव बाहिर निकालिएको हो । घर माथिबाट पहिरो झरिरहेकाले उद्धारमा कठिनाई भएको बताइएको छ ।
अझै घर भित्रै ८ जना रहेको र दुई जनाको टाउको देखिएको उद्धारमा खटिएका खनालले बताउनु भयो । प्रहरी र स्थानीयबासी मिलेर उद्धार गर्ने काम भईरहेको प्रहरीले जनाएको छ ।
यसैबीच अविरल वर्षासगै आएको पहिरोले पुरिएर कालीगण्डकी गाउँपालिका ४ बिर्घास्थित गौतमटोलमा एक जनाको ज्यान गएको छ ।
पहिरोमा परि बाबुराम दमाइका अन्दाजी १७ वर्षीय छोरा विष्णु परियार रहेको स्थानीय विष्णुप्रसाद पाण्डे स्यामलाल ले बताउनु भयो । घरमा सुतिरहेको अवस्थामा आज बिहान करिब २ बजे घर माथिबाट खसेको पहिरोले उनी पुरिएका थिए। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?