logo
२०८१ बैशाख १४ शुक्रवार



पहिरोमा १३ घर पुरिए, १५ जनाको उद्धार, पाँच परिवार बेपत्ता

प्रदेश |


पहिरोमा १३ घर पुरिए, १५ जनाको उद्धार, पाँच परिवार बेपत्ता
तस्बिर साभारः श्रीधर न्याैपानेकाे फेसबुक


चित्र मिजार
सिन्धुपाल्चोक, साउन ३० गते । सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका-२ स्थित लिदीगाउँमा शुक्रबार बिहान गएको पहिरोमा १३ घर पुरिएका छन् ।
सो पहिरामा परेका १३ घरका बासिन्दामध्ये १५ जनामा पहिरोबाट बाहिर आउन सफल भएका छन् भने पाँच परिवारका सदस्य हराइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी माधव काफ्लेले बताउनुभयो ।
घटनास्थल दुर्गममा भएकाले उद्धारमा पैदल जान कठिनाइ भएकाले हेलिकोप्टर बोलाउने तयारी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?