logo
२०८१ बैशाख १५ शनिवार



कर्णालीमा थप ११ जनामा सङ्क्रमण, १४ जना निको भए

प्रदेश |


कर्णालीमा थप ११ जनामा सङ्क्रमण, १४ जना निको भए


मुना हमाल
सुर्खेत, असार ७ गते । कर्णाली प्रदेशमा आइतबार थप ११ जनामा कोरोना सङ्क्रमण देखिएको छ । योसँगै कर्णालीमा कोरोना सङ्क्रमणको सङ्ख्या एक हजार २५६ पुगेको छ ।
सामाजिक विकास मन्त्रालयकाे स्वास्थ्य सेवा महाशाखाका अनुसार प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतमा गरिएको परीक्षणमा आइतबार सल्यानका छ जना, सुर्खेत र दैलेखका दुई/दुई जना र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङमा गरिएको परीक्षणमा रुकुमपश्चिमका एक जनामा कोरोना सङ्क्रमण देखिएको हो ।
यस्तै, आइतबार १४ जनालाई डिस्चार्ज गरिएको छ । निको भएर घर जोनको सङ्ख्या ५३१ पुगेको छ । प्रदेश अस्पताल, सुर्खेतबाट तीन जना, सल्यान बहुमुखी क्याम्पस आइसोलेसन सेन्टरबाट तीन जना, नौमुले आइसोलेसन सेन्टरबाट सात जना, जाजरकोट अस्पतालबाट एक जनालाई डिस्चार्ज गरिएको हो । कर्णाली प्रदेशमा अहिलेसम्म कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या चार रहेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?