logo
२०८१ बैशाख १४ शुक्रवार



रौतहटमा थपिए ६५ कोरोना सङ्क्रमित, सबै भारतबाट आएका, कुल सङ्क्रमित ३८३

प्रदेश |


रौतहटमा थपिए ६५ कोरोना सङ्क्रमित, सबै भारतबाट आएका,  कुल सङ्क्रमित ३८३


कृष्ण तिवारी
रौतहट, जेठ २२ गते । रौतहटमा बिहीबार थप ६५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै रौतहटमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ३८३ पुगेको छ ।
काठमाडौँको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा रौतहटको ईशनाथ, गुजरा, माधवनारायण, गढिमाई, चन्द्रपुर, फतुवा विजयपुर नगरपालिका र दुर्गा भगवती गाउँपालिकाका व्यक्तिमा सङ्क्रमण पुष्टि भएको हो ।
सबैभन्दा बढी ईशनाथ नगरपालिकाका ४६ जना, गुजरा नगपालिकाका ८ जना, गढिमाई नगरपालिकाका सात जना र फतुवा विजयपुर नगरपालिकाका एक जना, माधवनारायण नगरपालिकाका एक जना, चन्द्रपुर नगरपालिकाका एक जना र दुर्गा भगवती गाउँपाललिकाका एक जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरले जानकारी दिनुभएको छ ।
बिहीबार सङ्क्रमण पुष्टि भएका सबै जना भारतका विभिन्न सहरबाट भर्खरै रौतहट आएका नेपालीहरू रहेको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनुभयो ।
सङ्क्रमण पुष्टि भएका सबै जना सम्बन्धित नगरपालिकाको क्वारेन्टाइनमा रहेका छन् ।
यसअघि बुधबार मात्रै ११ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।
यसअघि जिल्लाको १७ वटा स्थानीय तहमा मात्रै सङ्क्रमित भेटिएकामा बिहीबारदेखि जिल्लाका १८ वटै स्थानीय तहमा सङ्क्रमित फेला परिसकेका छन । अहिलेसम्म सङ्क्रमित फेला नपरेका चन्द्रपुर नगरपालिकामा पनि एक जनामा सङ्क्रमण पुष्टि भएसँगै जिल्लाको १८ वटै स्थानीय तहमा कोरोना फैलिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?