logo
२०८१ बैशाख १४ शुक्रवार



सुदूरपश्चिमका नाकाबाट तीन हजार ८१३ भित्रिए, ६५३ भारतीय बाहिरिए

प्रदेश |


सुदूरपश्चिमका नाकाबाट तीन हजार ८१३ भित्रिए, ६५३ भारतीय बाहिरिए


चाँदनी आचार्य
लम्की जेठ २० गते । कामका लागि भारतका विभिन्न शहर गएका नेपाली लामो लकडाउनले खाना र बासको समस्या भएपछि नेपाल फर्किएका छन् भने केही भारतीय नागरिकसमेत आफ्नो देश फिर्ता गएका छन् ।
कोरोना सङ्क्रमणको जोखिम मोल्दै सुदूरपश्चिम प्रदेशका दुई मुख्य नाका भएर मङ्गलबार तीन हजार ८१३ नेपाली नेपाल भित्रिएका छन् भने सोही नाका भएर ६५३ भारतीय बाहिरिएका छन् ।
सुदूरपश्चिम प्रहरी कार्यालय, दीपायलका प्रहरी निरीक्षक जगदीश सिंह डाँगीले मङ्गलबार साँझसम्म कञ्चनपुरको गड्डाचौकी नाकाबाट एक हजार २०७ नेपाली भित्रिनुका साथै १८५ भारतीय नागरिक आफ्नो देश फिर्ता गएको बताउनुभयो ।
त्यसैगरी, कैलालीको गौरीफन्टा नाकाबाट दुई हजार ६०६ नेपाली भित्रिएका छन् भने ४६८ भारतीय बाहिरिएका छन् । भारतबाट नेपाली आउने क्रम सोमबारबाट घट्दैगएको छ । सोमबार चार हजार ७०९ भित्रिएको मङ्गलबार झण्डै एक हजार कम भित्रिएका छन् ।
योसँगै सुदूरपश्चिम प्रदेशका विभिन्न नाका भएर जेठ २ गतेयता नेपाल भित्रिने नेपालीको सङ्ख्या करिब ७१ हजार पुगेको छ भने बाहिरिनेको सङ्ख्या नौ हजार बढी पुगेको छ ।
सीमा प्रवेश गरेका नेपालीलाई विभिन्न जिल्लाका स्थानीय तहले सीमामै गाडी व्यवस्था गरी उद्धार गरेका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?