logo
२०८१ बैशाख १५ शनिवार



राजधानी र नामाकरण पुस भित्रै टुङ्गो लगाउँछौः मुख्यमन्त्री पौडेल

प्रदेश |


राजधानी र नामाकरण पुस भित्रै टुङ्गो लगाउँछौः मुख्यमन्त्री पौडेल


राममणि दाहाल
हेटौँडा, पुस १३ गते । प्रदेशको स्थायी राजधानी तोक्न र नामाकरणमा सकस खेप्दै आएको प्रदेश ३ को स्थायी राजधानी र नामाकरण अब औपचारिक रुपमा नै टुङ्गो लाग्ने भएको छ ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आइतबार विहान बसेको सचिवालय वैठकले प्रदेशको स्थायी राजधानी हेटौँडा तोक्ने र बागमती नामाकारण गर्ने निर्णयसँगै स्थायी राजधानी र नामाकरण गर्न बाटो खुलेको हो ।
प्रदेशमा सत्तारुढ दलका सदस्यहरु नै हेटौँडालाई स्थायी राजधानी बनाउने सन्दर्भमा विभाजित भएपछि स्थायी राजधानी तोक्ने विषय पेचिलो बन्दै आएको थियो ।
नेकपा सचिवालय वैठकले स्थायी राजधानी र नामाकारण बारेका निर्णय गरेको हो भन्ने प्रश्नमा मुख्यमन्त्री पौडेलले भन्नुभयो, तपाईले जे सुन्नु भएको हो त्यो सही ।
उहाँले भन्नुभयो, प्रदेश सभाको वैठक बोलाएर यो महिना भित्रमा प्रदेशको स्थायी राजधानी र नामाकारण टुङ्गो लगाउँछौ ।
प्रदेश सभा गठन भएसँगै स्थायी राजधानी र नामाकरणको विषय सत्तारुढ दल, प्रदेश सभा र प्रदेश सरकारका लागि सकसको विषय बन्दै आएको थियो ।
प्रदेश स्थायी राजधानीको माग गर्दै प्रदेश सभामा हेटौँडासँगै काभ्रे, चितवन, नुवाकोट र भक्तपुरलाई तोक्न प्रस्ताव दर्ता भएको थियो । सत्तारुढ दलका प्रदेश सभाका सदस्यहरु विभाजित भएपछि विवादका कारण ढिलाई हुँदै आएको र केन्द्रको निर्देशनको पर्खाइमा रहेका थिए ।
प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गोलले अब बस्ने अधिवेशनले प्रदेशको स्थायी राजधानी र नामाकरण टुङ्गो लगाउने जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?