logo
२०८१ बैशाख १४ शुक्रवार



दुर्घटनामा एकको मृत्यु

प्रदेश |


दुर्घटनामा एकको मृत्यु


दमक कार्तिक ५ गते ।
झापामा सोमबार साँझ मोटरसाईकलले ठक्कर दिदा एकको मृत्यु भएको छ ।

दुधे—शिवगञ्ज भित्री सडकमा मोटरसाईकले ठक्कर दिदा बुद्ध शान्तिगाँउपालिका वडा नं. ३ बस्ने ४२ बर्षिय इन्द्रप्रसाद दंगालको मृत्यु भएको हो ।
दुधे बाट शिवगन्ज तर्फ जाँदै गरेको मे.२ प. पनि ३५३९ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई दंगाललाई ठक्कर दिएर गम्भिर घाइते बनाएको थियो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार घाइतेलाइ उद्धार गरेर उपचारका लागि बिर्तामोड लैजादै गर्दा बाटोमा नै मृत्यु भएको हो ।


मोटरसाइकल चालक झापा शिवसताक्षी नगरपालिका वडा नं. ७ का २१ वर्षीय रिमबहादुर बाँनियालाइ नियण्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?