logo
२०८१ बैशाख १४ शुक्रवार



घटेन चितुवा आतङ्क, डेढ वर्षमा पाँचको ज्यान गयो

प्रदेश |


घटेन चितुवा आतङ्क, डेढ वर्षमा पाँचको ज्यान गयो
सांकेतिक तस्बिर(बायाँ) , तनहुँमा चितुवाकाे अात्रमणबाट घाइते १२ वर्षीया सोनिया अच्छामी (दायाँ)



अमरराज नहर्की

भानु, कात्तिक ३ गते । तनहुँको भानु नगरपालिका क्षेत्रमा चितुवाको आतङ्क बढेको छ । जङ्गलमा बस्ने चितुवाले घरमै पसेर निरन्तर मान्छेलाई नै निशाना बनाएर आक्रमण गर्न थाले पछि भानु वासी आतङ्कीत भएका हुन् । डेढ वर्ष अघिदेखि चितुवाले वस्तीमै पसेर निरन्तर मान्छे माथि आक्रमण गरिरहे पनि नरभक्षी चितुवा नियन्त्रण लिन सकिएको छैन । नरभक्षी चितुवाको बिगविगी भएपछि आक्रमणमा परिने डरले भानुवासी घरबाट बाहिर निस्कन डराई रहेका छन् ।
भानु नगरपालिका क्षेत्रभित्र विभिन्न छवटा वडामा चितुवाले पटक÷पटक आक्रमण गरी मानिसको ज्यान लिने, घाईते बनाउने र गाउँवस्तिमा प्रवेश गरी जनमानसमा त्रास पैmल्याउने गरेकाले त्रसित बनेको भानु नगरपालिकाकी उपप्रमुख आशा थापा बताउनुहुन्छ ।
िचतुवाको आक्रमणले शनिबार साँझ भानु नगरपालिका –२ तल्लो डिहीमा एक बालिकालाई आक्रमण गरी सख्त घाईते बनाईदिएपछि भानु नगरवासी फेरि आतङ्कीत भएका हुन् ।
केही समय अघि भानु नगरपालिका–१ भन्सारमा दशैंको खुसीयाली मनाईरहेको बेला विजय दशमी टीकाकाको दिन असोज २१ गते विष्णु बानियाँको तीन वर्षिय छोरा आशिक बानियाँको चितुवाले घरमै आई आक्रमण गरी मारिदिएको थियो । असोज १५ गते बुधबार राती भानु नगरपालिका–२ फुस्रेटारमा स्थानीयले थापेको पाँसोमा चितुवा परेपछि ढुक्क महशुस गरिरहेको बेला चितुवाले फेरि एक बालिकालाई घाईते बनाउने र बालकलाई आक्रमण गरि मारिदिएपछि सबैजना चिन्तित बनेको उपप्रमुख थापा बताउनुहुन्छ ।
चितुवाको आक्रमणबाट भानु नगरपालिकामा मात्रै ढेड वर्षको अविधिमा पाँच जना बालबालिकाको मृत्यु भईसकेको डिभिजन वन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार चितुवा लगायत वन्य जन्तुको आक्रमणबाट गत वर्ष ६ र यो वर्ष दुई गरि आठ जना घाईते बनाएको छ ।
भानु नगररपालिका नम्बर २ को भकुन्थोकमा जेठ २४ गते इश्वर भन्ने तुलबहादुर अधिकारी र दुर्गा अधिकारीको ९ वर्षकी छोरी पुष्पा अधिकारीको चितुवाको आक्रमणले मृत्युभएको थियो ।
२०७३ साल कात्तिक २९ गते चितुवाको आक्रमणबाट भानु नगरपालिका–४ जोखाने निवासी चार वर्षीया बालिका रञ्जिता लम्सालको मृत्यु भएको थियो । रञ्जिताको मृत्यु भएको १७औँ दिनको दिन पछि २०७३ साल फागुन १ गते राति सोही ठाउँका १० वर्षीय अमृत गुरुङको समेत चितुवाको आक्रमणबाट मृत्यु थियो । त्यस्तै मंसिर १ गते नै भानु नगरपालिका –२ मा सात वर्षीय सञ्जन नेपालीलाई समेत चितुवाले आक्रमण गरी घाईते बनाएको थियो । दुई वर्ष अघि पनि नरभक्षी चितुवाको आक्रमणबाट भानु नगरपालिका–३ का एक बालकको मृत्यु भएको थियो ।
डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले केही समय अघि भानु नगरपालिका क्षेत्रमा गरिएको अनुसन्धानको क्रममा चितुवाको आहार हरिण, मृग , बँदेल जस्ता वन्य जन्तु एउटा पनि फेला नपरेको बताउनुहुन्छ । आहारको अभावले मानव वस्तीमा बाख्रा, तथा कुकुरको खोजीमा चितुवा आउने तर त्यतिबेला बालबालिका भेटेमा भोक मेट्ने उपाएको लागि आक्रमण गरेको बराल बताउनुहुन्छ ।
चितुवाको आहारा मानिसले मारेर खाईदिने गरेकोले आहाराको खोजीमा मानव वस्तीमा चितुवा पस्न थालेको बरालले जानकारी दिनुभयो । वनमारा जस्ता मिचाहा जातका वनस्पतीले घाँस खाएर बाच्ने जङ्गली जनावरको आहारा नाश गर्दै गएकोले जङ्गलमा चितुवाको आहार लोप हुँदै गएकोले वस्तीमा आउन थालेको उहाँ बताउनुहुन्छ । भानु नगरपालिका क्षेत्रमा घर वरी परी झाडीहरु रहेकोले चितुवालाई लुक्न सजिलो हुने गरेको वस्तीमा पस्ने गरेको बरालको भनाई छ । आक्रमण गर्ने वित्तिकै जङ्गल नजिक भएकोले भाग्न सजिलो भएकोले वस्तीमा चितुवा आउने गरेको डिभिजन वन कार्यालयले जनाएको छ ।
ठुलो मान्छेलाई चितुवाले आक्रमण गर्न डराउँछ डिभिजन प्रमुख बराले भन्नुभयो, भोकले आत्तिएको चितुवाले आफ्नो उचाई भन्दा स्यानो मान्छे , वसेर भाँडाकुँडा माझेको र घाँस काँटेको समयमा महिला माथि पनि चितुवाले आक्रमण गर्ने गर्छ ।’ मान्छे मार्ने चितुवालाई गोली हानेर मार्नु पर्ने, चिडिया खानामा वा संरक्षित क्षेत्रमा सार्नु पर्ने माग स्थानीयले राखेको भानु नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष अर्जुनबहादुर केसी बताउनुहुन्छ । नरभक्षी चितुवालाई गोली हानेर मार्न जिल्ला प्रशासन कार्यालयले आदेश दिईसकेकोले सुरक्षाकर्मी परिचालन गरिएको डिभिजन वन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार चितुवाबाट प्रभावित वस्तीका हरेक सामुदायिक वनमा स्थानीय प्रविधीको प्रयोग गरी काठको खोर बनाई पासो थापिएको छ । फलामे जाली भएको पासोमा चितुवा नपरेकोले परम्परागत काठको खोर बनाउन लगाईएको हो ।


बालिका घाईते
तनहुँको भानु नगरपालिका–२ तल्लो डिहीमा चितुवाको आक्रमणबाट भानु नगरपालिकाकी एक बालिका घाईते हुनु भएको छ । हिमबहादुर नेपालीको छोरी १२ वर्षीया सोनिया अच्छामी नेपालीलाई शनिबार साँझ ६ बजे आक्रमण गरि घाईते बनाएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख तथा एसपी विनोद सिलवालले जानकारी दिनुभयो ।
माथिल्लो घरमा गई लाईट लिएर आफ्नो घरमा फर्कर्दै गर्दा चितुवाले आक्रमण गरेको उहाँले जानकारी दिनुभयो । उपचारको लागि तत्काल बन्दीपुर गाउँपालिका–१ डुम्रेबजार स्थित लक्ष्मी अस्पतालमा ल्याईएकोमा प्राथमिक उपचार पश्चात हाल चितवन मेडिकल कलेज भरतपुरमा थप उपचार भईरहेको प्रहरीले जनाएको छ । चितुवाले घाँटीमा चिथोरेको र बोल्न सक्ने अवस्थामा उपचार लगिएको एसपी सिलवालले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?