logo
२०८१ बैशाख १४ शुक्रवार



धर्म संस्कृतिको संरक्षण गर्नु सबैको साझा दायित्वः प्रदेश प्रमुख झा

प्रदेश |


धर्म संस्कृतिको संरक्षण गर्नु सबैको साझा दायित्वः प्रदेश प्रमुख झा


बुटवल, असोज २१ गते ।  प्रदेश नं ५ प्रमुख उमाकान्त झाले सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षण गर्नु सबैको साझा दायित्व रहेको बताउनुभएको छ ।

नेपालीको महान् पर्व विजयादशमीको अवसरमा शुभकामना सन्देश दिनुुहुँदै उहाँले नेपाल बहुजातीय, बहुसंस्कृतिक बिशेषतायुक्त राष्ट्र भएकाले धार्मिक चाडपर्वले नेपालीहरुलाई एक आपसमा सद्भाव र एकताको सुत्रमा बाँध्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

प्रदेश प्रमुख झाले धार्मिक तथा सांस्कृतिक सद्भाव र व्यक्ति तथा समुदायबीचको आपसी एकताबाट मात्र राष्ट्रियता मजबुत हुने र यसले नेपालको समृद्धतर्फको यात्रालाई सहज बनाउने हुनाले यसप्रति सबैको ध्यान जानु आवश्यक रहेको बताउनुभयो ।

पारिवारिक मेलमिलाप, भातृत्व र स्नेहको पर्व दशैंः मुख्यमन्त्री

यसैगरी हिन्दूको महान् पर्व विजयादशमीको अवसरमा शुभकामना सन्देश दिनहुँदै प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले दशैँँ पारिवारिक मेलमिलाप, भातृत्व र स्नेहको पर्व रहेको बताउनुभएको छ ।


नेपाली समाजमा हरेक सांस्कृतिक पर्वले सद्भाव, भातृत्व र मेलमिलाप बढाउनमा ठूलो भूमिका खेल्दै आएको उल्लेख गर्दै उहाँले दशैँँले अझ आपसी सद्भाव, मेलमिलाप र भातृत्व बढाउन महत्वपूर्ण भूमिका खेलिरहेको बताउनुभयो ।

मुख्यमन्त्री पोखरेलले भन्नुभयो, “व्यक्ति, परिवार र समाजलाई जोड्ने मौलिक पर्वका रुपमा रहेको दशैँँलाई विकृति र तडकभडकबाट टाढै राखेर मनाउन सक्दा यसको मौलिकता जोगिने र समाज अझै एकताको सुत्रमा बाँधिएर मुलुकको सार्वभौमसत्ता र अखण्डता अझ बलियो हुन्छ ।”

दलको अगुवाइमा समाजको एकताबद्ध प्रयासले जनतालाई रैतीबाट नागरिक बनाएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि सबै नेपाली एक जुट हुनुपर्नेमा जोड दिदैं उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको व्यवहारिक कार्यान्वयनमा सबै लाग्नुपर्ने बताउनुभयो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?