logo
२०८१ बैशाख १५ शनिवार

  समाचार अपडेट 



जीप दुर्घटनामा तीन को मृत्यु ६ घाईते (नामावली सहित)

प्रदेश |


जीप दुर्घटनामा तीन को मृत्यु ६ घाईते (नामावली सहित)


गणेश खनाल
अर्घाखाँची, असोज २० गते । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वाडनम्वर ६ रातामाटामा सवारी दुर्घटनामा तीन जनाको मृत्युभएको छ ।
कपिलवस्तुको कृष्णनगर नगरपालिकाबाट सन्धिखर्क आउदै लु १ ज ४३२९ नम्वरकोे बलेरो जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको सशस्त्र प्रहरीका नायव उपरीक्षक माधव रेग्मीले जानकारी दिनुभयो ।
मृत्यू हुनेमा भूमिकास्थान नगरपालिका वडा नं. २ ढाकावाङ्ग घर भई हाल लमही नगरपालिका वडा नं. ५, दाङ्ग वस्ने वर्ष ५१ का घनश्याम खनाल र उहाँकी श्रीमति वर्ष ४६की श्यामकला खनाल रहेका प्रहरीको भनाई छ । एक जना मृतक पुरूषको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक प्रकाश विष्टले जनाकारी दिनुभयो
दुर्घटनामा भूमिकास्थान नगरपालिका–१०, धनचौरकी वर्ष १९ की सिमा रेग्मी, भूमिकास्थान नगरपालिका–१० धनचौरकी वर्ष ३० का उमेश रेग्मी, वर्ष १ को आदित्य रेग्मी, लमही ५ दाङ्गका वर्ष १२–की अनिता खनाल, बुद्धभूमि नगरपालिका–२ गोरुसिङ्गेका वर्ष २४ को विरेन्द्र श्रेष्ठ (चालक), लमही नगरपालिका–५ दाङ्गकी विन्दु खनाल घाईते हुनुभएको छ ।
घाईतेहरुमध्ये अनिता खनाल, विरेन्द्र श्रेष्ठ (चालक), उमेश रेग्मी, विन्दु खनाललाई सन्धिखर्क अस्पतालवाट थप उपचारका लागि भैरहवा मेडिकल कलेजका रिफर गरिएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताउनुभयो । अन्य घाईतेहरूको सन्धिखर्क अस्पतालमा उपचार भइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?