logo
२०८१ बैशाख २१ शुक्रवार



दुविधा नराखी निर्वाचनमा होमिन अध्यक्ष ओलीको निर्देशन

राजनीति |


दुविधा नराखी निर्वाचनमा होमिन अध्यक्ष ओलीको निर्देशन
भर्चुअल कार्यशालालाई सम्बोधन गर्नुहुँदै एमाले अध्यक्ष केपी ओली । तस्बिर: विष्णु रिजालको ट्वीटरबाट


काठमाडौं, चैत १६ गते। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले स्थानीय निर्वाचन लागि प्रतिबद्धता पत्र तयारी सम्बन्धमा भर्चुअल कार्यशाला आयोजना गरेको छ।

बैठकमा एमाले अध्यक्ष केपी ओलीले विगतमा केन्द्र, प्रदेश र स्थानीय तहमा तात्कालीन सरकारले गरेका काम जनतामा लिएर जान निर्देशन दिनुभएको छ। एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार कार्यशालालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो निर्देशन दिनुभएको हो।

वैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनमा अरु सबै एक र एमाले एक्लै भएको विषयमा कुनै दुविधा नराखी निर्वाचनमा होमिन अध्यक्ष ओलीले सबैलाई निर्देशन दिनुभएको छ।

स्थानीय तह प्रतिबद्धता–पत्र मस्यौदा समितिका संयोजक तथा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रतिबद्धता–पत्रका सैद्धान्तिक पक्षमाथि प्रकाश पार्नुभएको छ। कार्यशालामा मस्यौदा समितिका सदस्य सुशील ज्ञवालीले प्रतिबद्धता–पत्रका बारेमा विस्तृतरुपमा व्याख्या गर्नुभएको छ।

कार्यक्रममा स्थायी कमिटीका सदस्य, प्रदेश कमिटी र जिल्ला कमिटीका पदधिकारी र पार्टीका तर्फबाट निर्वाचित पालिका प्रमुख सहभागी हुनुहुन्छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?