logo
२०८१ जेष्ठ ६ आईतवार



एमसीसी पारित भए संविधान विपरित हुन्छ : मेटमणि चौधरी

राजनीति |


एमसीसी पारित भए संविधान विपरित हुन्छ : मेटमणि चौधरी


काठमाडौं, फागुन १५ गते। सांसद मेटमणि चौधरीले अमेरिकी विकास सहायता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित भए संविधान विपरित हुने बताउनुभएको छ।

आइतबार प्रतिनिधिसभा बैठकमा एमसीसीमाथि भएको छलफलमा सहभागी हुँदै उहाँले यस्तो बताउनुभएको हो।

एमसीसी देशको हित विपरित रहेको भन्दै उहाँले यस्तो बताउनुभएको हो। देशको हित नगर्ने सम्झौता पारित भए संविधान विपरितको काम हुने भन्दै उहाँले यो कार्यमा नगर्न सबै सांसदसँग अनुरोध गर्नुभएको छ।

‘एमसीसी पारित भए संविधान विपरित हुनजान्छ’, सांसद चौधरीले भन्नुभयो, ‘गैर संवैधानिक कार्य कुनै पनि सांसदले नगरौँ।’ इतिहासमा कहिल्यै कसैको दास नभएको नेपाललाई सम्झौताले गुलाम बनाउन खोजेको आरोपसमेत उहाँले लगाउनुभएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?