logo
२०८१ जेष्ठ ६ आईतवार



विभिन्न राजनीतिक पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश

राजनीति |


विभिन्न राजनीतिक पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश


 

काठमाडौं, फागुन ९ गते । सत्तारुढ दल नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका करिब दुई दर्जन नेता तथा कार्यकर्ताहरु नेकपा (माओवादी केन्द्र) मा प्रवेश गर्नुभएको छ ।

सोमबार बिहान उहाँहरुलाई पार्टी अध्यक्ष प्रचण्डले निजी निवास खुमलटारमा स्वागत गर्नुहुँदै मधेश प्रदेशमा मधेसी जनताको पहिचान र अधिकारका लागि लड्ने पार्टी माओवादी केन्द्र नै रहेको पुनः दोहो¥याउनुभएको छ ।

यसरी प्रवेश गर्नेहरुमा नेकपा एमालेमा रहनुभएका रौतहट जिल्ला मोलापुर नगरपालिकाका वडा अध्यक्षका प्रत्याशी तथा कार्यपालिका सदस्य कामेश्वरप्रसाद साह कानूसहितका नेता तथा कार्यकर्ता हुनुहुन्छ ।

यसैगरी, सुदूरपश्चिमबाट नेपाली काँग्रेसमा क्रियाशील पूर्वशिक्षक जयराज भट्ट, व्यवसायी विष्णु भट्ट र विनोदप्रसाद भट्ट हुनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?