logo
२०८१ जेष्ठ ७ सोमवार



एमसीसी शक्ति राष्ट्रको दाउपेच बन्यो : उपभापति गुरुङ

राजनीति |


एमसीसी शक्ति राष्ट्रको दाउपेच बन्यो : उपभापति गुरुङ
पार्टी कार्यालय सञ्चालनको शुभारम्भ गर्दै काँग्रेस उपसभापति धनराज गुरुङ। नवीन शिशिर विक


नवीन शिशिर विक
बागलुङ, फागुन १ गते। नेपाली काँग्रेसका उपभापति धनराज गुरुङले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) महाशक्ति राष्ट्रको दाउपेजको रुपमा विकास गरिएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ।

नेपाली काँग्रेस बागलुङ क्षेत्र नम्बर १ को पार्टी कार्यालय उद्घाटनपछि बोल्दै उहाँले एमसीसीको विषयमा राष्ट्रिय सहमति कायम गर्नुपर्ने बताउनुभयो। राजनीतिक उपयोगका लागि एमसीसीलाई मुद्दा बनाउँदा नेपाल भूराजनीतिक द्वन्द्वमा फसेको उल्लेख गर्नुभयो।

उपभापति गुरुङले राष्ट्रिय सहमतिमा एमसीसी कार्यान्वयन गर्ने या फिर्ता गर्ने निर्णय हुनुपर्नेमा जोड दिनुभयो। एमसीसी स्वीकार गर्दा वा फिर्ता गर्दा दुवै परिस्थिति कठिन हुने गुरुङले भनाइ छ।

‘विगतमा एमसीसी नेपाल सरकारले नै छनोट गरेको योजना हो’, उहाँले भन्नुभयो, ‘अहिले यही विषय पेचिलो बन्यो।’ चुनावी मुद्दा बनाएर परियोजनाको विरोध भइरहेको उहाँले टिप्पणी गर्नुभयो। दुई महान् शक्ति राष्ट्र अमेरिका र चीनको भू–राजनीतिक चपेटामा नेपाल पर्ने गरी घटनाक्रम विकास भएको उहाँको भनाइ छ।

वि.सं. २०६८ सालपछिका सबै सरकारले परियोजना अगाडि बढाएको उहाँको तर्क छ। ‘सन् २०११ देखि प्रक्रिया सुरु भएर २०१७ मा काँग्रेस नेतृत्वको सरकार हुँदा ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौतामा हस्ताक्षर गर्नुभयो’, उहाँले भन्नुभयो, ‘त्यसपछि सन् २०१९ मा नेपाल सरकारको तर्फबाट युवराज खतिवडाले योजना कार्यान्वयन सम्झौतामा हस्ताक्षर गर्नुभएको हो।’ एमाले, माओवादी, काँग्रेस सबै सरकारमा हुँदा यो परियोजना अगाडि बढेको गुरुङले उल्लेख गर्नुभयो।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?