logo
२०८१ बैशाख १५ शनिवार

  पाँच दलीय समन्वय समितिको बैठक  



निर्वाचनका सम्बन्धमा कानुनविद्हरुसँग छलफल

राजनीति |


निर्वाचनका सम्बन्धमा कानुनविद्हरुसँग छलफल
फाइल तस्बीर


काठमाडौं, माघ ९ गते । सरकार सञ्चालनका लागि गठित पाँच दलीय समन्वय समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल संयोजक रहनुभएको उच्चस्तरीय समन्वय समितिको बैठकमा सत्ता गठबन्धनका शीर्ष नेताहरुले कानुनविद्हरुसँग छलफल गरिरहनुभएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक सूर्य किरण शर्माले जानकारी दिनुभयो ।

संविधान र स्थानीय तहको निर्वाचन सम्बन्धि ऐन बाँझिएका कारण गठबन्धनमा ऐन संशोधन हुनुपर्ने विषय उठेको थियो । प्रधानमन्त्री शेरबहादुर देउवासहित, समितिका संयोजक रामचन्द्र पौडेल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरुको बैठकमा उपस्थिती रहेको जनाइएको छ । बैठक आज अपरान्ह ४ बजेदेखि सुरु भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?