logo
२०८१ बैशाख २० बिहीवार

  काँग्रेसकाे १४ औँ महाधिवेशन  



दोस्रो चरणको चुनावमा सिंह, निधि र गुरुङको समर्थन देउवालाई

राजनीति |


दोस्रो चरणको चुनावमा सिंह, निधि र गुरुङको समर्थन देउवालाई


काठमाडौं, मङ्सिर २८ गते । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सभापति पदका लागि हुने दोस्रो चरणको चुनावमा प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले शेरबहादुर देउवालाई समर्थन गर्नुभएको छ ।

सभापति पदका लागि भएको पहिलो चरणको मतदानमा सभापतिका पाँच जना उम्मेदवारले ५० प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको मतदान हुन लागेको हो । दोस्रो चरणको चुनावमा सभापतिका उम्मेदवार रहनुभएका देउवालाई प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले समर्थन गर्नुभएको हो ।

दोस्रो चरणमा पहिलो चरणमा सबैभन्दा बढी मत ल्याउनुभएका देउवा र डा. शेखर कोइरालाबीच प्रतिस्पर्धा हुँदैछ । सभापतिका लागि भएको मतदानमा पहिलो चरणबाट बाहिरिएपछि सिंह, निधि र गुरुङले देउवालाई सघाउने घोषणा गर्नुभएको हो । यो घोषणाले दोस्रो चरणमा सभापतिका लागि देउवाको जित निश्चित जस्तै देखिएको छ ।

पहिलो चरणमा देउवाले २२ सय ५८ मत ल्याउनुभएको छ भने उहाँका प्रतिस्पर्धी कोइरालाले १७०२ मत ल्याउनुभएको छ । कुल चार हजार ६ सय ८१ मतमध्ये सिंहले ३७१, निधिले २५० र गुरुङले २२ मत प्राप्त गर्नुभएको छ ।

दिउँसो ३ः३० बजेबाट हुने दोस्रो चरणको मतदानमा प्रधानमन्त्रीसमेत रहनुभएका देउवा र डा. कोइरालाबीच प्रतिस्पर्धा हुनेछ । पहिलो चरणबाट बाहिरिएका सिंह, निधि र गुरुङको समर्थन देउवालाई हुँदा उहाँको जित दोस्रो चरणको चुनावबाट निश्चित देखिन्छ ।

यो पनि हेर्नुहोस्

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?