logo
२०८१ बैशाख ३० आईतवार



काँग्रेस सभापतिमा उम्मेदवारी घोषणा गर्दै प्रकाशमान सिंह

राजनीति |


काँग्रेस सभापतिमा उम्मेदवारी घोषणा गर्दै प्रकाशमान सिंह


काठमाडौं, मङ्सिर २५ गते । नेपाली काँग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले औपचारिक कार्यक्रम गरेर सभापति पदमा उम्मेदवारी घोषणा गर्ने तयारी गर्नुभएको छ ।

राजधानीमा सभापति पदमा उम्मेदवारी घोषणा गर्न छुट्टै कार्यक्रम गर्नुभएको हो । सिंहले आफ्नो समूहबाट उपसभापतिमा सुजाता कोइरालालाई अगाडि सार्नुभएको छ । उम्मेदवारी घोषणा कार्यक्रमपछि मनोनयन दर्ता हुनेछ ।

सिंहको समूहबाट उपसभापति उम्मेदवार बन्ने घोषणा गर्नुभएकी कोइरालाले काँग्रेसको अनुहार फेर्ने क्षमता प्रकाशमान सिंहसँगमात्र भएको बताउनुभएको छ ।

‘मैले फर्किएर हेरेँ, म आफैँ पनि सभापतिको आकांक्षी हुँ । यत्ति धेरै उम्मेदवारमध्ये पार्टीको अनुहार फेर्ने क्षमता प्रकाशमानजीमा देखेँ’, कोइरालाले भन्नुभयो, ‘उहाँले महिलाको नेतृत्व स्वीकार गरेर उपसभापतिको स्थान दिनुभयो । त्यसका लागि म उहाँलाई धन्यवाद दिन्छु ।’

कोइरालाले देशभरका नेपाली काँग्रेसका साथरुले भोट हालेर अत्याधिक मतले जिताउने विश्वाससमेत व्यक्त गर्नुभएको छ । ‘एक पटक नयाँ नेतृत्व हेरौँ’, कोइरालाले भन्नुभयो, ‘आम जनताले काँग्रेस बुढो भइसक्यो भन्ने कुराको अन्त्य गर्न हामी अगाडि बढेका हौँ ।’

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?