logo
२०८१ जेष्ठ ६ आईतवार

 कांग्रेस केन्द्रीय कार्यसमिति बैठक 



काँग्रेस महाधिवेशनमा पेस हुने राजनीतिक र आर्थिक प्रतिवेदन पारित

विचार/दृष्टिकोण |


काँग्रेस महाधिवेशनमा पेस हुने राजनीतिक र आर्थिक प्रतिवेदन पारित
तस्विर : सागर बस्नेत


काठमाडौं, मङ्सिर २३ गते । नेपाली कांग्रेसको वर्तमान केन्द्रीय कार्यसमितिको अन्तिम बैठकले १४ औं महाधिवेशनमा पेस हुने राजनीतिक र आर्थिक प्रतिवेदन पारित गरेको छ ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले राजनीतिक र आर्थिक प्रतिवेदन पारित गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

प्रवक्ता शर्माका अनुसार राजनीतिक, आर्थिकसँगै बैठकले सांगठनिक प्रतिवेदनसमेत पारित गरेको छ । बैठकमा पेश भएको सांगठनिक प्रतिवेदन केही रायसहित पारित भएको शर्माले बताउनुभयो ।

बैठकमा कोषाध्यक्षको तर्फबाट लेखासम्बन्धी प्रतिवेदन पेश भएको छ । प्रतिवेदनमा कांग्रेससँग १० करोड बढी रकम कोषमा रहेको उल्लेख छ । त्यसैगरी बैठकले नीति अनुसन्धान, प्रशिक्षण प्रतिष्ठानको प्रतिवेदनसमेत पारित गरेको छ । प्रवक्ता शर्माका अनुसार विधानको परिमार्जन, संशोधन लगायत विषयलाई बैठकले अनुमोदन गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?