logo
२०८१ जेष्ठ १३ आईतवार



अर्बौंको आयातमा सुक्दो निर्यात

विचार/दृष्टिकोण |




डा. सुमनकुमार रेग्मी

अर्बौंको आयात भइरहेको अवस्थामा आयात कम गरी निर्यात बढाउनका लागि उत्पादनमा जोड दिन सरकारको स्पष्ट नीति र योजना नै चाहिन्छ । कृषिप्रधान देश नेपालले एक महिनामै पाँच अर्ब रुपियाँको चामल आयात गरेको देखिन्छ । नेपालको वैदेशिक व्यापारको प्रवृत्ति नेपालको पक्षमा लाभ हुने गरी वर्षौं देखा नपर्नु सोचनीय अवस्था रहेको छ । सन् १९५२ पछि विश्व व्यापारमा वृद्धि भएको पाइन्छ । दोस्रो विश्वयुद्धमा व्यापार राम्रोसँग फस्टाउन पाएन । आ.व. २०४६/४७ मा वस्तु व्यापारको कुल गार्हस्थ्य उत्पादनको अनुपात २२.७ प्रतिशत रहेकोमा आ.व. २०७५÷७६ मा उक्त सङ्ख्या बढेर ४३.८ प्रतिशत पुगेको थियो तर वस्तु व्यापार घाटाको आकार बढ्दै गए पनि आन्तरिक र पुँजीगत वस्तुको आयात झन्डै ८० प्रतिशत रहनु सकारात्मक पक्ष रहेको बताइँदै आइएको छ ।

समग्रमा व्यापार घाटा क्रमशः बढ्दै गएको सन्दर्भमा संरचनामा सुधार गरी प्रतिस्पर्धात्मक क्षमताको विकास गरी आन्तरिक उत्पादन वृद्धि गर्दै बढ्दो व्यापार असन्तुलनलाई नियन्त्रण गर्न जरुरी देखिन्छ । वि.सं. २०३० को दशकमा नेपालको वस्तु निर्यात जीडीपीको ५.४ प्रतिशतको अनुपात रहेकोमा वि.सं. २०६० को दशकदेखि घट्दै आ.व. २०७५/७६ मा आइपुग्दा २.८ प्रतिशत कायम हुनुले नेपालको वैदेशिक व्यापारको प्रवृत्ति घट्दो क्रमशः देखाउँछ । यो चिन्ताको विषय हो । त्यस्तै आयात वर्ष २०३९/४० मा आयाततर्फ जीडीपीको १८.७ प्रतिशत र वि.सं. २०३० को दशकमा औसतमा १३.९ प्रतिशत रहेको थियो । बीचका वर्षहरूमा आयातमा केही प्रतिशत तल–माथि भए तापनि २०७५/७६ सम्म आइपुग्दा आयातमा उल्लेख्य वृद्धि भई करिब ४०.९ प्रतिशत पुगेको छ । प्रमुख निर्यात भएका वस्तुहरूमा वनस्पति घिउ, जुट र जुटका सामान, पश्मिना, तामाको तार, अदुवा, अलैँची, धागो, आयुर्वेदिक, औषधि लगायतका वस्तुहरू भारतर्फ निर्यात भएका थिए ।

तयारी पोसाक, चाँदीका गहना, हस्तकलाका सामान, नेपाली कागज, चियालगायतका वस्तु अन्य देशमा निर्यात हुने गरको छ तर २०७० सालको दशकमा आइपुग्दा उल्लिखित वस्तुहरू निर्यातमा उल्लेख्य रूपमा घटेको देखिन्छ । प्रमुख आयातित वस्तुहरूमध्ये पेट्रोलियम पदार्थ, सवारीसाधनका पार्ट, सिमेन्ट लगायतका वस्तुहरू, भारतबाट आयात हुने गरेको देखिन्छ भने अन्य देशहरूबाट समेत उक्त वस्तु आयात भएको देखिन्छ ।
वि.सं. २०५० को दशकमा प्रमुख निर्यातजन्य वस्तुहरूमध्ये ऊनी गलैँचा र तयारी पोसाकको हिस्सा कुल निर्यातकोे ८० प्रतिशतभन्दा बढी थियो भने आ.व. २०७५/७६ मा यी वस्तुको निर्यात घटेर करिब १२ प्रतिशतमा रहेको देखिन्छ । नेपालको व्यापार घाटा हरेक वर्ष बढ्दै गएको देखिन्छ । वैदेशिक व्यापारको आकारमा उल्लेखनीय वृद्धि भएको छ तर निर्यात भने सोहीअनुरूप बढ्न सकेको देखिँदैन ।

निर्यातको जीडीपीसँंगको अनुपात घट्दै गएको छ । आ.व. २०७६/७७ मा रु. १२ खर्ब ९४ अर्ब ५१ करोडको कुल व्यापारमा झन्डै ११ खर्ब त व्यापार घाटा नै भएको थियो तर २०७७/७८ मा व्यापार घाटा रु. १३ खर्ब पुगेको देखिन्छ । कुल वैदेशिक व्यापारमा निर्यातको अंश ७.५ प्रतिशत रहेकामा आयातको अंश ९२.०५ रहेको थियो । वैदेशिक व्यापारमा यस्तो प्रवृत्तिलाई सुधार गर्न रणनीतिक योजनासहित सरकार अघि नबढ्ने हो भने देशको अर्थतन्त्र धान्न नसकिने अवस्था आइपुग्न सक्छ ।

पेट्रोलमा असर
कोभिडको पहिलो र दोस्रो लहरले उत्पन्न हुन गएको विषम परिस्थितिसमेतमा ध्यान जान सकेको छैन । गएको सवा वर्षमा अर्थात् असोज २०७८ सम्ममा पेट्रोलियम पदार्थको मूल्य १५ पटकजति बढेको छ । बाह्य बजारमा कच्चा तेलको मूल्य लगातार बढ्दै गएपछि नेपाल आयल निगमले स्थानीय बजारमा मूल्य बढ्दै गएको भनिन्छ तर इन्धनमा विभिन्न शीर्षकमा लगाएका करका कारण नेपालमा इन्धनको मूल्य आकाशिँदै गएको छ । २०७७ असारमा प्रतिलिटर रु. १०५ भएकोमा २०७८ असोज र कात्तिक पहिलो हप्तामा रु. १३० हुुन पुगेको छ ।
बाह्य बजारमा लगातार मूल्य बढेर आएकाले इन्धनमा मूल्य बढेर गएको बताइन्छ । मूल्य स्थिरीकरण कोषमा भएको रकमले घाटा व्यवस्थापन गर्न नसकेको बताइन्छ । त्यसैअनुरूप मूल्य बढाउन परेको बताइन्छ । २०७७ असारदेखि २०७८ जेठसम्म अर्थात् कोरानाको समयमा कच्चा तेलको मूल्य ४२ देखि ४५ डलर प्रतिब्यारेल थियो तर २०७७ जेठ अघिसम्म प्रतिब्यारेल ७० डलर पुगेको थियो भने २०७८ असोजमा प्रतिब्यारेल कच्चा तेलको मूल्य ६२ डलर पुगेको देखिन्छ तर अब निकट भविष्यमा प्रतिब्यारेल कच्चा तेलको मूल्य ८५ डलर पुग्ने अनुमान गरिएको छ ।
नेपालमा डलरको मूल्य वृद्धिसंँगै इन्धनमा लगाइएको राजस्वको कारणले इन्धनको मूल्य लगातार बढ्दै गएको बताइन्छ । सरकारले २०७७ जेठबाट प्रतिलिटर १० रुयियाँका दरले पूर्वाधार कर लिने गरेको छ । यसबाहेक रु. ५ विगतको बजेटले नै भन्सार महसुुल पनि थपिदिएको छ । त्यसमाथि रु. १५ को कर अगाडिको सरकारले थपिदिएको थियो ।

आईओसीले अङ्ग्रेजी तारिख १ र १५ मा नयाँ मूल्य कायम गर्दै आएको छ । बाह्य बजारमा निरन्तर इन्धनको मूल्य बढेका कारणले सोहीअनुसार मूल्य समायोजन गर्दा मूल्य बढ्न गएको भनिन्छ । विगत २०७८ वैशाखअघिका सात महिनामा निरन्तर नाफामा रहेको आयल निगम २०७८ वैशाखसम्म दुई अर्ब रुपियाँ नोक्सानीमा गएको बताइन्छ तर १५/१५ दिनमा मूल्य समायोजन गरकोमा यसरी घाटा कसरी भयो ?

अक्टुबर १६, २०२१ सम्म अर्थात् असोज २०७८ मा निगमको घाटा रु. साढे चार अर्ब पुगेको छ । यसरी असोज २०७८ बित्दा १५ दिनमा रु. दुई अर्ब २२ करोड घाटा सहनु परेको दुःखान्त वेदना छ । यसरी पेट्रोलको आयातलाई नेपालको पूरा निर्यातले पनि धान्न सकेको छैन । २०७८ जेठपछिका घटनाक्रम हेर्दा पेट्रोलको मूल्य रु. १४० प्रतिलिटर पुग्नसक्छ । निगमका अनुसार एक महिनामा कच्चा तेलको मूल्य ६५ डलरबाट करिब २७१ डलर पुगेको छ । डलरले मूल्यमा प्रभाव पारेको छ ।

सुधारका केही उपाय
स–साना निर्यातजन्य वस्तुको निर्यात प्रवद्र्धनमा रहेको प्रक्रियागत अवरोध कम गर्ने काममा आ.व. २०५६/५७ देखि केन्द्रीय बैङ्कले तोकेको रकमसम्ममा बिनाप्रतितपत्र नै बैङ्क ग्यारेन्टीको आधारमा निर्यात गर्न पाउने व्यवस्थाले पनि निर्यात प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गर्न सकिन्छ । महìवपूर्ण व्यावसायिक व्यक्ति छनोट, सम्मान एवं सुविधासम्बन्धी कार्यविधि २०६९ लाई प्रभावकारी रूपमा अघि बढाउन सक्नुपर्छ ।
नेपालको अधिकांश निर्यात वस्तुमा गलैँचा र तयारी पोसाक थिए । कुनै बेला यसको निकासी प्रत्येक १० देखि १२ खर्ब पुगेको थियो । तयारी पोसाक पनि अधिकांश रूपमा अमेरिका निर्यात हुन्थे र हाल पनि थोरबहुत निर्यात हँुदैछ । गलैँचा र तयारी पोसाकको यस्तो अवस्थाले नेपालको अवस्था चिन्ताको अवस्थामा पु-याएको छ ।

नेपालको निकासी बढाउन प्रशस्त निर्यातको आवश्यकता पर्छ । बैङ्कहरूले निर्यातको क्षेत्रमा प्रशस्त वित्तीय सुविधा पु-याउन सकेका छैनन् । निर्यातको यस्तो अवस्थाले व्यापारिक आकार निर्यातजन्य परिवर्तन हुन सकेको छैन तर निर्यात वृद्धि गर्न सोही अनुपातमा आवश्यक मेसिनरी तथा कच्चा पदार्थको आयात वृद्धि हँुदै गएको छ । निर्यातयोग्य वस्तुका उत्पादनमा विविधीकरण हुन सकेको छैन । वस्तुका गुणस्तरमा पनि वृद्धि भएको छैन ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?