logo
२०८१ बैशाख १४ शुक्रवार



जगन्माता प्रकृति

विचार/दृष्टिकोण |
समाज |


जगन्माता प्रकृति


उदयराज खनाल

मानव समाजले धेरै बाधा अड्चन पार गर्दै अहिलेको अवस्थामा आइपुगेको हो। यहि इतिहासका महत्वपूर्ण घटनाको बढाईचढाई गरेर सुनाइएका विवरणहरूनै आजका मिथक बने। केहि सय वर्षमै तानसेनले राग दीपक र मेघमल्हार गाएर दीप प्रज्वलन र वर्षा गराउँथे भन्ने कथा बन्छ, जङ्गबहादुरकै पनि विभिन्न पौरखी कथा बने। त्यस्तै, अग्नि नियन्त्रण र हाते बञ्चरो जस्ता पहिलो औजार तिखार्ने ज्ञानको बलमा १८ लाख वर्ष अघि अफ्रिकाबाट निस्केर, यूरेशिया हुँदै इन्दोनेशियाका टापुहरूसम्म एक छत्र साम्राज्यको निर्माण गर्न सफल आदिमानव होमो इरेक्टसको इतिहासले, परशुरामको मिथकीय रूप लिएर २१ पटक पृथ्वीको फन्का मार्दै भविष्यका पुस्ता बस्न अनुकुल पारेको कथा बन्योस कुनै क्षत्रिय भन्ने मानव जातिको नभएर, प्रतिकुलताको दमन गरेका हुन्। धनुवाणले सुसज्जित भएर एक(दुर्इ लाख वर्ष अघिबाट अफ्रिकादेखि विश्व भर राज जमाएको आधुनिक मानव होमो सेपियन्सको इतिहास चाहिं रामायणमा लुकेको देखिन्छस तत्काल विश्वमा उपस्थित नियाण्डर्थल र डेनिसोवन जस्ता मानवका अन्य प्रजातिमध्ये सहयोगीलाई वानर भने त, प्रतिद्वन्दीलाई राक्षस। कोहि इतिहासकार यस्तो देवासुर संग्राम एक लाख वर्षसम्म चल्यो भन्छन भने, कति चाहिं शीतयुग आगमनले ४० हजार वर्ष अघिसम्ममा लोप भए। तैपनि, लोप भएका इरेक्टसदेखि नियाण्डर्थल र डेनिसोवनहरूको पाँच देखि सात प्रतिशत अनुवंश हामीमा प्रसारित छ। रामायणमै ३६ सय वर्ष अघि युद्धरथ बनाउन र चलाउन माहिर बनेको मित्तानी राज्यमा, दशरथ नामधारी राजालाई मारेर एक पुत्र गद्दासिन भए पछिको शक्ति संघर्षको इतिहास पनि जोडिन पुगेको जस्तो छ। महाभारत युगमा आउँदासम्म, घटोत्कच जस्ता केहि वर्णसङ्कर रहे पनि अन्य प्रजातिको शेष होमो सेपिएन्समै समाहित भै सकेको थियो। यिनै कथाले इन्दोनेशियासम्म प्रभावित पारेबाट कुनै जाति या क्षेत्र विशेषमा सीमित नरहेको बुझिन्छ। यस लेखमा, यसै गरि विकसित भएको आदिमाताको कथाबारे आफ्नो विचार राख्ने प्रयत्न गर्दै छु। यस विषयको कुनै ज्ञाता नभएर, एक स्वचिन्तकको रूपमा प्रस्तुत हुँदै छु।
विश्वमा स्थापित सबै भन्दा पुरानो धर्म भनेको प्रकृति, आदिमाता र लिङ्ग पूजा नै हो, यद्यपि यी एकापससंगै सम्वन्धित छन्। यिनैको प्रतीकात्मक रूपमा मूर्ति पूजाको विकास भयो। विशेषमा मानव, र यथार्थमा सारा जीवकोलागि, माताको महत्व बयान गर्नु आवश्यक छैन। सारा ब्रह्माण्ड र त्यस भित्रका सबै संरचनाको सृष्टिकर्ता प्रकृति माता हो। यिनैको सर्वव्यापी विधान, भेदभाव रहित किसिमले सर्वत्र कार्‍यान्वित भएकोले, अमरत्वको वरदान माग्न आउनेलाई विधिको विधान विपरीत गर्न नसकिने उत्तर ब्रह्मदेवले समेत दिन्छन्। अतस्, सर्वभूतेशु शक्तिरूपा जगन्माता प्रकृति भन्दा माथि कोहि केहि छैन।
साना पशुपक्षीले पनि आफ्ना सन्तानलाई हिंस्रक जनावरहरूबाट सुरक्षित राख्न कतिसम्म जोखिम लिन्छन्, सबैले देखेकै छौं। साना कुखुरा, कुकुर देखि चीलसंग भिडड्छन्। हामीलाई जोगाउन हाम्रा पुर्खाले कति दुस्ख झेले होलान्। कति त पितानै राक्षसी स्वभावका देखिन्छन् भने, केहि माता पनि होलान्, तर अपवादमा। आदिमाताकै खोजमा रहेका वैज्ञानिकले तिनको नाम माइटोकण्ड्रियल इव राखे पनि, यी एक व्यक्ति नभएर व्यक्तित्वको प्रतीक मात्र हो। हाम्रो शरीरको अधिकांश कोषिका भित्र, त्यसलाई आवश्यक पर्ने ऊर्जा उत्पादन गर्ने माइटोकण्ड्रिया भन्ने अर्गानेल छ, जसको डी एन ए माताबाट मात्र प्रसारित हुन्छ। यसले म्युटेट गर्ने दर निकै सुस्त भएकोले, माताको राम्रो वंशावली तयार गर्न सकिन्छ। यिनै डी एन ए को भेदलाई स्थानीयसंगको तुलना गर्दै, कति अघि, कुन बाटो हुँदै, कहांबाट मानव फैलिएको रहेछ भन्ने पता लाग्छ। अहिलेसम्मको नतिजा अनुसार यस्ती आदिमाता डेढ(दुई लाख वर्ष अघि केन्द्रीय अफ्रिका तिर बस्ने पता लागेको छ। यसै गरि, डेढ देखि तीन लाख वर्ष अघिका वाई क्रोमोजोम आदि पिता पनि खोजिएको छ, तर माता जतिको शुद्धतासंग छैन। रोग व्याधि, जलवायु परिवर्तन, ज्वालामुखी जस्ता भौगर्भिक, यद्ध इत्यादि कारणले विभिन्न समयमा मानव संख्या ह्रसित भएर, आनुवंशिक बोतल घाँटी बनेर विविधता निकै घटाएको देखिन्छ। त्यस वखतका मानिसले धेरै प्राकृतिक विपत्लाई राक्षसकै नाम दिन्थे। ७० हजार वर्ष जसो अघिको यस्तै घटनाले २ हजार नरनारी मात्र छोड्यो। यसर्थ, हामी सबै हजार जोडी माता पिताका सन्तान हौँ। यस्तो अवस्थामा जातपातको कुरा सबै भ्रामक, अवैज्ञानिक र अन्धविश्वास भएको स्पष्ट हुन्छ। तिनै हजार मातापिताका सन्तान विश्व भरि फैलिने क्रममा, मुख्यतस् भौगोलिक कारणले एकआपसबाट अलगिएर केहि भिन्नताको विकास गरेका हौँ। सारा मानव एकताको यस्ता वैज्ञानिक प्रमाण हुँदा हुँदै, कोहि भ्रमित प्रायोजकले भनेको मान्दै ओराङ्गउटान वानरको पुर्खा रामपिथिकसलाई आफ्नो पुर्खा मान्नसम्म तयार हुनेलाई के भन्ने। ७ हजार वर्ष अघि मात्र पनि पुरुष मासिएर नरनारीको अनुपात १र१७ जस्तो बनेको थियोस यो चाहिं युद्धको कारणले हो भन्ने धेरैको राय छ। हुन सक्छ, यहि नै महाभारत युद्ध कथाको स्रोत हो। अनि त, हामीलाई माताले कसरि जोगाएर राखिन् भन्ने प्रश्नको उत्तर अझै गम्भीर बन्छ।
माताको मात्र नभएर, मानव समाजको विकासमा बजैको पनि महत्व देखिएको छ। विशेषमा, बजैले बच्चाको राम्रो स्याहार गर्दा मुक्त भएकी माताले फल तथा कन्दमूल खोज्ने समय पाएर पौष्टिक आहर ख्वाएको, र हजुरआमाको उपस्थितिमा बच्चा पनि हृष्टपुष्ट बनेको ले आयु बढेसंगै स्वस्थ बनेको भन्ने नतिजा निस्केको छ। हाराथी र अजिमाको पूजालाई यसैसँग जोड्न सकिन्छ। न त आदि माता एक व्यक्ति हो, न उनले हामीलाई सुरक्षित पार्न मारेको राक्षस व्यक्ति। महिसासुर त नारिमाथि हिंसा गर्ने प्रवृत्तिको एक प्रतीक मात्र हो, जस्तो हिरण्यकशिपु बाल हिंसाको, र रावण होमो सेपियन्स विरोधको। अन्य प्रजाति बाँचेर हामीसंग प्रतिस्पर्धा गर्दा विश्व अझै राम्रो र समतामुलक हुन्थ्यो कि भन्न त सकिन्न, तर माता प्रकृतिले नै प्रतिकुल अवस्था सृजना गरेर, यति अफ्ठेरो पनि सहन नसक्ने त लोप भएकै राम्रो भन्ने सङ्केत गरेको जस्तो छ। माता भनेको प्रकृतिकै प्रतिविम्ब हो, डाइनोसरस र नियाण्डर्थल उनैको सृजना हो, तर विश्वगति विपरीत भए पछि आफै कठोर भएर संहार पनि गरिन्। प्रकृति माताले अहिलेसम्म हामीलाई निकै ममतामयी भएर स्याहार गर्दै छिन्। तर उनै विरुद्ध लागेर खोलानाला दुर्गन्धित पार्दै सुकाएर सारा जलचर मास्ने, पृथ्वीघातक चुरे दोहन र प्रदुषण जस्ता कार्य निरन्तर कायम राख्दा त्यहि रूप मात्र देखिन्छ भनेर ढुक्क हुन सकिन्न। हालका बाढी पहिरो, हुरी तूफान, चरम गर्मी शर्दी, महामारी इत्यादि सबै, हाम्री जगन्माता क्रुद्ध हुन थालेको सङ्केत हो। यस्ता प्रकृति विरोधी काम गर्दै, काला पत्थर पुगेर नखाएको विष लाग्यो भन्दै रोएर उनको मन पगाल्न सकिन्न। न त, एकातिर यो पितृसत्तात्मक समाजमा आफ्नो बाउसंग पनि घरमा एक्लै बस्न डर लाग्छ भनेर लेख्नेले, अर्कोमा ममता विरोधको प्रतीक महिसासुर र मानवता विरोधको रावणलाई पत्र लेख्दै मेरा पुर्खाले हजुरहरूको निर्मम् हत्या गरेर यसरि दसैं मनाउने गरेकोमा माफी गर्नु होला भन्नु, त्यति तथ्यपरक। हो, बलि प्रथा र गच्छे भन्दा बढी खर्चेर ऋणमा डुब्दै देखाउन खोज्ने जस्ता अनेकन विकृति त्यागौं, समतामुलक समाज बनाएर सबैले खुशीको जीवन यापन गर्दै आफ्नो चाडपर्व आनन्दसंग मनाउन सक्ने अवस्थाको सृजना गरौँ। यसको एकै मात्र आधार भनेको सशक्त शिक्षा हो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?