logo
२०८१ बैशाख १५ शनिवार



सम्पदा पुनर्निर्माणमा अलमल (सम्पादकीय)

विचार/दृष्टिकोण |




विनाशकारी भूकम्प गएको छ वर्ष पाँच महिना भयो । गोरखा भूकम्पले चिनिएको २०७२ वैशाख १२ को सात दशमलव आठ रेक्टर स्केलको विनाशकारी भूकम्पले देशभर झन्डै आठ खर्ब रुपियाँको क्षति ग-यो । त्यसपछिका निरन्तरका परकम्पसमेतले नेपाली पूर्वाधारमा डरलाग्दो क्षति पु-यायो । मानिसका निजी आवास लडे । कतिपय सरकारी भवनसमेत बाँकी रहेनन् । सबैभन्दा ठूलो क्षति त पुराताìिवक महìवका भवनमा भयो । यसै सिलसिलामा राजधानी काठमाडौँका अनेक पुराताìिवक सम्पदा ध्वस्त भए । वसन्तपुरको नौ तले दरबारमा ठूलै क्षति पुग्यो । पृथ्वीनारायण शाहले संवत् १८२५ मा काठमाडौँ चडाइँ गरेपछि राजधानी नै गोरखाबाट काठमाडौँ बसाले । राष्ट्रिय एकीकरणको मूल मियो काठमाडौँलाई बनाउँदै त्यसैअनुरूपका संरचना निर्माण गर्ने क्रममा वसन्तपुरको नौ तले दरबार निर्माण भएको थियो । यो दरबारसमेत गोरखा भूकम्पले बाँकी राखेन । पुनर्निर्माण गरी पुरानै स्वरूपमा फर्काउने क्रममा त्यसको जिम्मा चिनियाँ कम्पनीले प्राप्त ग-यो । त्यसमा चिनियाँ सहयोग रह्यो । सराहनीय मित्रता पनि हो । आरम्भमा उत्साहजनक रूपमा अगाडि बढेको पुनर्निर्माण यताका डेढ वर्षमा भने अगाडि बढ्न सकेको छैन । त्यसमा खास कारणमा कोरोना (कोभिड–१९) सङ्क्रमण रहेको देखिएको छ ।

चीनको वुहानबाट सन् २०१९ को अन्त्यबाट फैलिएको कोरोना भाइरस केही महिनामा नेपालसमेत आइपुग्यो । गत वर्षको चैत ११ बाट कोरोनाकै कारण नेपालमा बन्दाबन्दी लगाइयो । त्यसैको असर राष्ट्रिय सम्पदाकै रूपमा रहेको वसन्तपुरको नौ तले दरबार पुनर्निर्माणमा पनि प-यो । चिनियाँ कम्पनीसँगै काममा आएका चिनियाँ कालिगढ तथा कामदार कोरोनापछि स्वदेश फर्किए, फर्काइए । हनुमानढोका दरबार सङ्ग्रहालयका अधिकारीको भनाइमा यो बीचमा कोरोना प्रभाव मत्थर हुँदै गए पनि वसन्तपुर दरबारको काम भने फेरि सुरु हुन सकेको छैन । चिनियाँ कम्पनी र कामदार नेपाल फर्किएका छैनन् । डेढ वर्षदेखि काम ठप्पै भएको छ । यो काम चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेजले पाएको थियो । समाचार प्रकाशित भएअनुसार हनुमानढोका दरबार सङ्ग्रहालय चिनियाँ निर्माण कम्पनीसँग नियमित सम्पर्कमा छ । चीन सरकारकै आर्थिक तथा प्राविधिक सहयोगमा पुनर्निर्माण भइरहेको यो सम्पदा अर्को वर्षको कात्तिकसम्म पुनर्निर्माणको समयावधि भएकोले त्यस समयसम्म पूरा हुने आशा भने मरेको छैन ।

संवत् १९९० सालको भूकम्पका कारण नेपालमा त्यतिबेला पनि ठूलो क्षति भएको थियो । जुद्धशमशेर प्रधानमन्त्री भएको त्यस समयमा विदेशीको कुनै सहयोग नलिई दुई वर्षमै भूकम्पले गरेको क्षतिको पुनर्निर्माण भएको थियो । सरकारी तथा निजी आवास दुई वर्षमै तयार भएका थिए । राणा शासनलाई निरङ्कुश भन्ने गरिन्छ तर त्यतिबेला समयमै काम भएको कुरालाई इतिहासको स्मरणमा राख्नुपर्छ । पछिल्लो विनाशकारी भूकम्पले देशभर गरेको क्षति पुनर्निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण स्थापना गरेर नै पुनर्निर्माणको काम थलिएको हो । यद्यपि छ वर्षमा पनि काम पूरा भएको छैन । कोरोना त पछिल्लो बहाना भयो, त्यसअघि पनि निजी तथा सार्वजनिक पुनर्निर्माणमा केही विलम्ब भएकै हो । लामो समयसम्म पनि पुनर्निर्माण सम्पन्न हुन नसक्नु मनासिव होइन । त्यसैले पनि होला, प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा गत भदौ ९ गते बसेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको बैठकले प्राधिकरणबाट सम्पादन हुँदै आएका बाँकी काम सम्बन्धित मन्त्रालय, विभाग र निकायलाई हस्तान्तरण गर्दै जाने निर्णय गरेको छ । सो प्राधिकरणको गत वर्षको पुसमै काम सक्ने आरम्भको उद्देश्य थियो । पुनर्निर्माणका काम समयमा सम्पादन भएनन् । गत आर्थिक वर्षको अन्त्यसम्ममा ७६.४४ प्रतिशत वित्तीय प्रगति हासिल गरेको थियो । अझै १० प्रतिशत निजी आवास निर्माण गर्न नै बाँकी रहेको छ । सबैभन्दा बढी त पुरात्त्व महत्त्वका सम्पदा अझै पूरा हुन सकेका छैनन् । प्राचीन सम्पदा नेपालको अमूल्य निधि हुन् । तिनको समयमै पुनर्निर्माण हुन सक्दा राष्ट्रिय गौरव बढ्ने छ । नेपाल विश्व पर्यटनका क्षेत्रमा आकर्षक गन्तव्यमा रहनुका अनेक कारणमध्ये सबैभन्दा बलियो कारण राजधानीको पुरात्तत्त्विक सम्पदा पनि हो तर भूकम्पले क्षति पु-याएका तिनै सम्पदा पुनर्निर्माणमा ढिलाइ हुनु स्वाभाविक होइन ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?