logo
२०८१ बैशाख १४ शुक्रवार



पर्यटनमा सफलताका सूत्र

विचार/दृष्टिकोण |




पूर्णहरि अमात्य

पर्यटन आफँैंमा एउटा बहुआयामिक गतिविधि हो । र, पर्यटक सञ्चालकहरूले यसको संवेदनशीलतालाई विशेष ध्यान पु-याउन अत्यावश्यक हुन्छ । पर्यटक चाहे त्यो सांघाई, बेइजिङजस्तो महानगरको होस् वा सानो जनसङ्ख्या भएको लक्जेम्वर्गको – सबैको चाहना र इच्छा एकै खाले हुँदैन । हरेक पर्यटकको सपना, र गन्तव्यहरूको सन्दर्भमा उमेर, आय, पेसा, लिङ्ग, शिक्षा, अभिरुचि तथा अन्य धेरै कुराले प्रभावित गरी रहेको हुन्छ । विश्व पर्यटन सङ्गठनले एउटा व्यक्ति जो कम्तीमा आफ्नो घर बाहिर एक रात व्यतित गर्छ त्यसलाई पर्यटक (टुरिष्ट) भनी परिभाषित गरेको छ । र, उक्त सङ्गठनले नै पर्यटन विभिन्न उद्देश्यहरू जस्तै बिदा, व्यापार, स्वास्थ्यलाभ, अध्ययन, भाइस (प्रिन्टिङ, इन्सेन्टिभ, कन्फरेन्स एक्जिविसन), नातेदारहरूसित भेटघाट, धार्मिक क्रियाकलाप तथा खेलकुदका लागि गरिएको हुन्छ
भनेको छ ।
पर्यटन क्षेत्रमा कार्यरत विज्ञहरूले अन्तर्वार्ताहरू तथा प्रश्नावलीहरू तयार गरेर विद्यमान र भावी ग्राहक (उपभोक्ता) को आवश्यकता तथा चाहना जान्ने प्रयास गरेका हुन्छन् । र, त्यसै अनुरूप ट्राभल कम्पनीहरूले आफ्नो अनुसन्धानहरूलाई समायोजन गर्दै विद्यमान उत्पादन (प्रडक्सन) तथा सेवाहरूलाई नवीनता दिनेतर्फ केन्द्रित हुनु पर्छ । ग्राहकहरू पहिल्याउने तथा लक्षित समूहलाई मार्केट सेगमेन्ट भनिन्छ । यसलाई उमेर समूह, आय आर्जन तथा जीवनशैलीले प्रभावित गरिरहेका हुन्छन् । हरेक पर्यटन व्यवसायीका लागि मार्केट सेगमेन्ट अत्यन्त महत्त्वपूर्ण अवधारणा हो किनकि तपाईं विभिन्न बजारका विभिन्न विधाका दैनिक आवश्यकताका सम्बन्धमा व्यवहार गरिरहेको हुनुहुन्छ । एउटा सफल पर्यटन व्यवसायीले आफ्ना विभिन्न रुचिका ग्राहकहरूको सम्बन्धमा राम्रो ज्ञान राख्नुपर्छ र कुनै ग्राहक हठ्ठी खालको भएमा पहिलेलेकाात्यस अनुरूप आफू
लचिलो हुनुपर्छ ।
पर्यटन बजारमा मार्केट सेगमेन्ट झन् झन् साँघुरिँदै गएको छ । पर्यटकहरू स्वतन्त्रताउन्मुख भइरहेका छन् । एकताका समूहमा भ्रमण गर्न रुचाउने जापानीहरू हाल स्वच्छन्द भई भ्रमण गर्न थालेका छन् । हाल ग्रुप इन्क्लुसिभ टूर्स (समूहमा भ्रमण गर्ने) को साटो फ्रि ट्राभल इन्डिपेन्डेन्ट (स्वतन्त्र पर्यटक) को सङ्ख्यामा क्रमशः वृद्धि भइरहेको छ । किनकि पहिलोमा एउटै ठाउँको अवलोकन समूहमा गराइन्थ्यो भने स्वतन्त्र पर्यटक आफूलाई रुचि लाग्ने ठाउँको मात्र भ्रमण गर्न उद्धत हुन्छन् । अहिलेका पर्यटकहरू बस वा कारबाट ओर्लेर गन्तव्यका स्थानीय समुदायसित घुलमिल हुन चाहन्छन् र पर्सनलाइज्ड एक्सपेरियन्स (नितान्त व्यक्तिगत अनुभूतिहरू) र पर्सनलाइज्ड सर्भिसेज (नितान्त व्यक्तिगत सेवाहरूको आकाङ्क्षी हुन्छन् ।
पर्यटन क्षेत्रका अध्येताहरूका अनुसार आजका पर्यटक क्वालिटी (गुणस्तरीय) भ्यालु (मूल्य) का बारेमा निकै संवेदनशील छन् । तिनीहरू आफूले भ्रमण गर्ने गन्तव्यको गुणस्तर र मूल्यको सम्बन्धमा निश्चित हुन चाहन्छन् । एउटा पर्यटक आफ्नो बिदा मनाउन वा व्यापारिक यात्रामा उच्च मूल्य तिर्न पछाडि पर्दैनन् । तर त्यसको बदला तिनीहरू आफ्नो पैसाको मूल्य अनुरूप गुणस्तरीय अनुभवहरू सँगाल्न चाहन्छन् । पर्यटनलाई समताको व्यापार भनिन्छ र यसलाई प्रवद्र्धन गर्न अनेकौंँ अभियान पर्यटन उद्गम बजारमा गरिने प्रचलन छ । भारतले पर्यटकलाई आकर्षित गर्न केही वर्ष पहिले ‘फेस्टिभल अफ इण्डिया’ नाम दिएर युरोप, अमेरिकामा प्रवद्र्धनात्मक काम गरेको थियो भने दुई दशकअघि नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नवगठित नेपाल पर्यटन बोर्डले अमेरिकामा ‘रोड शो’ गरेको थियो । त्यसैगरी थाइल्याण्डले पनि नेपालमा केही वर्ष पहिले ‘अमेजिङ थाइल्याण्ड’ नारा दिएर आफ्ना पर्यटकीय प्रडक्टका साथै गुणस्तरीय स्वास्थ्य सेवाका आधुनिक अस्पतालका बारेमा समेत जानकारी उपलब्ध गराएको थियो ।
बिदा मनाउनेहरू दूरदराजका गन्तव्यहरूमा भ्रमण गरेर अद्वितीय अनुभवहरू सँगाल्न चाहन्छन्, जुन तिनीहरूलाई घर दैलोमा उपलब्ध हुँदैनन् । त्यसैले त हो पर्यटनलाई सपनाको व्यापार भनिएको । पर्यटन पेसामा कार्यरत जुनसुकै व्यवसायीले पर्यटकको सपनालाई सफल पार्न सहयोगीको भूमिका निर्वाह गर्न कुनै कसर बाँकी राख्नु हुँदैन भन्ने कुरामा गम्भीर हुँनैपर्छ ।
कुनै पनि पर्यटकीय गन्तव्यमा एउटा पर्यटक एयरपोर्टमा ओर्लेदेखि बिदाइको क्रम सम्ममा उसले ट्याक्सी, होटल, रेष्टुराँ, पबदेखि उपहार पसल आदिको सेवा ग्रहण गर्छ । त्यसैले पर्यटन व्यवसायलाई श्रमप्रधान (लेवर इन्सेन्टिभ) भनिएको हो । र, विश्व पर्यटन सङ्गठनले एउटा पर्यटकले ११ जनालाई रोजगारी प्रदान गर्नुको साथै विश्वको सकल राष्ट्रिय उत्पादन (जीडीपी) मा १० प्रतिशत योगदान यो उद्योगले गरिरहेको जनाएको छ । नेपालको सन्दर्भमा एउटा पर्यटकले नौ जनालाई रोजगारी दिइरहेको तथ्याङ्कले देखाएको छ ।
पाटा (प्यासिफिक एसिया ट्राभल एसोसिएसन) ले दशकौंँ अघि प्रकाशित गरेको ‘दि वल्र्ड अफ मेनिफेसेज अन इन्ट्रोडक्सन टु द प्रोफेसन अफ ट्राभेल एण्ड टुरिज्म’ ले सफल पर्यटन उद्यमी हुनका लागि निम्न लिखित मिसन (लक्ष्य) भिजन (परिकल्पना) तथा भ्यालुज (मान्यता) हरू हुनुपर्ने भनी व्याख्या गरेको छ । जस्तै ः (क) टिममा पूर्णतया समर्पित हुने ः अभिभावकत्व, विविधता, मोलाहिजा विनाको व्यवहार, वृद्धि, दक्ष जनशक्तिमा लगानी, संवादमा खुलापन, खुला मष्तिस्क, समआदर, सामूहिक कार्यमा विश्वास र दक्षतामा अभिवृद्धि । (ख) व्यापार श्रेष्ठतामा आस्था ः यसअन्तर्गत सिर्जनशीलता, गुणस्तरमा विशिष्टता, लचिलोपना, कार्यमा रमाउने, पाहुना उन्मुख, विश्व परिवेश उन्मुख, गर्व तथा मुनाफा उन्मुख र (ग) समुदायप्रति समर्पित ः समुदायप्रति लगनशील, पर्यावरणप्रति संवेदनशील, सम्पदा र स्वच्छ पर्यावरण । पर्यटन पेसामा सफल हुन धेरै कुराको आवश्यकता हुन्छ तर तीमध्ये चाहिँ केहीको अनिवार्य परिपूर्ति हुनै पर्छ । कुनै पनि व्यक्ति वा व्यक्तित्वको हरेक चाहनामा अनुकूल हुनुपर्छ । ग्राहक जहिले पनि सही हुन्छन् भन्ने धारणाको सम्मान हुनुपर्छ । पर्यटनको आयतन वा यसको क्षेत्रमा अभिवृद्धि भएसँगै यस पेसामा संलग्नहरूले नयाँ अवसरहरू पाउने बढी सम्भावना विद्यमान हुँदैन । हरेक व्यापारको एउटा संस्कृति हुन्छ । जहाँ एउटा संस्कृतिले काम गरिरहेको हुन्छ, त्यहाँ एउटा अवधारणा बोकेका व्यक्तिको सफलताको सम्भावना हुन्छ ।
२१ औँ शताब्दी विशिष्टीकरणको जमाना भएकोले पर्यटकहरू आफ्नो पसिनाको कमाइबाट आर्जेको पैसालाई भ्रमण कालमा रोमाञ्चक तथा अविस्मरणीय होस् भन्ने चाहना राख्छन् । र, तिनीहरू पर्यटकीय गन्तव्यमा रहँदा हरेकबाट सहयोगको अपेक्षा राख्दछन्, हरेक गतिविधि सहजताका साथ चलायमान रहोस् र आफ्ना घरमा भन्दा उच्चकोटीको सेवा सुविधा होस् भन्ने आकाङ्क्षा राख्छन् । एउटा पर्यटन व्यवसायी (होटल) रिसोर्ट/लजले एउटा कोठा अथवा टूर प्याकेजहरू मात्र बिक्री गरिराखेको हुँदैन, उसले स–साना कुराहरूको पनि सूक्ष्म तरिकाले ख्याल गरिरहेको हुन्छ । यसले गर्दा पर्यटकले गुणस्तरीय सेवा प्राप्त गरेको अनुभूत गर्छ ।
नेपालको आर्थिक तथा सामाजिक विकासका लागि पर्यटन अपरिहार्य छ । पर्यटन गतिविधिहरूको माध्यमबाट नेपालले अन्तर्राष्ट्रिय खेलाडीहरूको सोचलाई प्रभावित गर्ने क्षमता राख्छ । नीति निर्माण तहमा बस्नेहरूलाई हाम्रा जीवन्त धनी संस्कृति तथा लोककल्याणकारी धार्मिक जीवन दर्शनसित एकाकार गराउने प्रयन्त गरिनु पर्छ । केही दशकअघि महर्षि योगीले टुँडिखेलको खुलामञ्चमा उभिएर नेपालजस्तो पुण्यभूमिले अध्यात्मवादको नेतृत्व लिनुपर्छ भन्दै ‘नेपाल टु लिड वल्र्ड’ त्यसै पक्कै भन्नुभएको होइन । त्यसैगरी फ्रान्सका पूर्व राष्ट्रपति चाल्र्स डेगलका संस्कृति मन्त्री आन्द्रे मानरोले पनि खुलामञ्चबाटै केही दशक अघि नेपालको संस्कृति र प्राकृतिक सौन्दर्यताको मुक्तकण्ठले प्रशंसा गर्नुभएको स्मरण छ । सम्झी रहेको छ । पर्यटनले मानिसलाई एक अर्कासित र ठाउँसित जोड्छ तथा विश्व समुदायसित बलियो गाँठोमा कस्छ जुन हाम्रो ‘सफ्ट पावर’ को स्रोत हो । विश्वलाई हाम्रो संस्कृतिको रस्वास्वादन गराउन सदा सर्वदा हामी प्रयत्नशील हुनुपर्छ ।
एडमण्ड हिलारी र तेन्जिङ शेर्पाले सन् १९५३ जुन २९ मा सगरमाथाको प्रथम पटक सफल आरोहणपछि एउटा सामान्य न्यूजिल्याण्डबासी अन्तर्राष्ट्रिय सेलिब्रेटी बन्न पुगे रातारात । र, शेर्पाका सहयोगले विश्व कीर्तिमानी भएपछि सोलुखुम्बुका शेर्पाहरूमा रहेको अशिक्षा, भोक, रोग तथा आर्थिक अभावबाट उकास्न उनको पहलमा लुक्लामा एयरपोर्ट, स्कूल, अस्पताल र जलविद्युत् केन्द्रको निर्माण भई त्यहाँको पूरै रूपान्तरण भयो । रुम टु रीड (कैयौँ मुलु्कमा पुस्तकालय स्थापनाका लागि कार्यरत) संस्थाका संस्थापक जन उड (माइक्रोसफ्टका बेइजिङस्थित कार्यालय प्रमुख) नेपालको ट्रेकिङ गर्ने क्रममा सगरमाथा पदयात्रामा रहँदा त्यहाँको एउटा विद्यालयको पुस्तकालयको दूरावस्थाबाट भावविभोर भई पुस्तकालयको माध्यमबाट ज्ञानको ज्योति छर्नु पर्छ भन्ने चेतनाले गर्दा आफ्नो पेसा मात्र होइन, प्रियसीलाई समेत त्याग गर्न पछि परेनन् । पर्यटन र पर्यटक विश्व शान्तिका लागि एउटा शक्ति पनि हो र पर्यटनको माध्यमले सारा जटिल राजनीतिक माखेसाङ्लो चुँडाल्दै विश्वमा अमनचैन कायम गर्न ठूलो भूमिका खेल्न सकिन्छ ।
(लेखक वातावरण पत्रकार हुनुहुन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?