logo
२०७८ असार ७ सोमवार

दैनिक अध्यावधिक

image
1421

सङ्क्रमित

image
3456

निको भएका

image
51

मृत्यु भएका

मिति:असार ६, २०७८ (१७:३२)
स्राेत:https://covid19.mohp.gov.np/



काठमाडौंलाई हराएर धनगढी नेपाल सुपर लिगको फाइनलमा पुग्यो

फुटबल |
खेलकुद |




गोरखापत्र अनलाइन
काठमाडौं, बैशाख २८ गते । धनगढी एफसी काठमाडौंमा जारी नेपाल सुपर लिग(एनएसएल) फ्रेञ्चाइज कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । पहिलो प्ले अफमा काठमाडौं रेजर्सलाई हराउँदै धनगढी फाइनलको यात्रा तय गरेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रङशालामा आज सम्पन्न पहिलो प्ले अफमा धनगढीले काठमाडौंलाई २–१ ले हराएको हो । निर्धारित समय १–१ को बराबरीमा सम्पन्न भएपछि ३० मिनेट थप गरिएको अतिरिक्त समयमा धनगढीका लागि विशाल राईले उत्कृष्ट गोल गर्दै धनगढीलाई २–१ को अग्रता दिलाउनुभयो । विशालको उक्त गोल नै धनगढीको काठमाडौंमाथि जितसँगै फाइनलमा पुर्याउन पर्याप्त भयो । यसअघि लिग चरणमा समेत धनगढीले काठमाडौंलाई ३–० को सहज जित हात पारेको थियो ।
पहिलो प्ले अफमा हार बेहोरेको काठमाडौं रेजर्सले पुनः एक अबसर पाउनेछ । दोस्रो प्ले अफको विजेतासँग काठमाडौंले पुनः स्पर्धा गर्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?