logo
२०७८ माघ ९ आईतवार



तराईवासीको काया फेर्ने सडक

विचार/दृष्टिकोण |




श्रीमन नारायण

मुलुकको आर्थिक विकासमा महŒवपूर्ण भूमिका निर्वाह गर्न सक्ने पूर्व–पश्चिम हुलाकी सडकको काम विगत केही वर्षयता तीव्र पारिएको छ । दक्षिणी छिमेकी राष्ट्र भारतको सहयोगमा नेपाल सरकारले यो निर्माणकार्य गरिरहेको छ ।
नेपाल कृषिप्रधान देश हो । कुनै बेला दुनियाँका चामल निर्यात गर्ने मुलुकमा नेपालको पाँचौँ स्थान थियो । जसमा तराईको योगदान सर्वाधिक मानिन्थ्यो । त्यसैले यस भू–भागलाई अन्नको भकारी पनि भनिन्थ्यो । तराईका किसानहरू हुलाकी सडकको माध्यमबाट आफ्नो उत्पादनलाई सजिलै बजारसम्म पु¥याउने गर्थे तर पञ्चायती शासनको तीन दशकमा व्यापक उपेक्षाका कारण यस सडकको विकास हुन सकेन ।
अहिलेको जस्तो पूर्ण रूपमा बस्ती विकास भइनसकेको र यातायातको पहुँच नभएको अवस्थामा वर्षौं पहिले यो हुलाकी बाटो अस्तित्वमा आएको थियो । चिठीपत्र बोक्ने हुलाकी एक पोस्टबाट अर्को पोस्टमा छिटो पुग्न सक्ने सीधा बाटो नक्साङ्कन गरेर हुलाकी सडक अस्तित्वमा आएको थियो । जड्ढल, झाडी, पर्ती, बुट्यानमा बनाइएको हुलाकी सडक यात्रुको चापसँगै बिस्तारै फराकिलो हुँदै गयो । बस्ती विकास र यातायातको सुविधा भएपछि कतिपय हुलाकी सडकहरू पक्की सडकमा परिणत भए भने अधिकांश अस्तित्व नामेट भएर इतिहास बनिसकेका छन् । तराईका प्रायः सबैजसो जिल्ला सदरमुकामलाई छुने यो हुलाकी सडकलाई ‘पदम रोड’ पनि भनिन्छ ।
हुलाकी सडक आज पनि कतिपय जिल्लामा निरन्तर रूपमा प्रयोगमा आइरहेको छ । अहिले पनि कतिपय जिल्लाको विकासमा हुलाकी सडकले महŒवपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । तराईका जिल्लाहरूमा जुन ठाउँमा हुलाकी सडकको निर्माण भएको छ, त्यहाँका जनताको अनुहारमा खुसियाली हेर्न सकिन्छ । आवश्यक हेरचाह, मर्मत एवम् निर्माण तथा सरकारी सहयोगको अभावमा यस ऐतिहासिक सडकले आफ्नो अस्तित्व र इतिहास पनि गुमाउने
अवस्था आइपुगेको थियो ।
कतिपय कारणले पूर्व–पश्चिम महेन्द्र राजमार्ग अवरुद्ध भएमा हुलाकी सडकले राष्ट्र र जनताका आवश्यकतालाई सजिलै पूर्ति गर्न सक्छ । कतिपय जिल्लामा आज पनि हुलाकी सडकको विकल्पमा अर्को मार्ग छैन । विगतमा जड्ढलको मध्य भएर सडक बनाइएको कारण हुलाकी सडकको विकास त अवरुद्ध भयो नै यसले मुलुकको अर्थतन्त्रलाई पनि कमजोर बनायो । यसले एकतिर वनविनाशलाई प्रोत्साहन ग¥यो भने अर्कोतिर यसबाट भूक्षय र भूस्खलन भई नदी नालाहरूका उब्जाउ ममिलो माटो बालुवामा परिणत भयो । यस्ता भूस्खलनका कारण कृषियोग्य जग्गा बालुवाले पुरिँदा तराईका विभिन्न भाग मरुभूमिमा परिणत हुँदै छन् । यसबाट कृषि क्षेत्रको उत्पादकत्वमा अप्रत्यासित रूपमा कमी आएको देखिन्छ । पूर्ण–पश्चिम राजमार्ग अहिले जुन ठाउँमा छ, त्यसको सट्टामा तराईको दक्षिणमा अर्थात् हुलाकी सडकको ठाउँमा बनाइएको भए वनविनाशलाई पनि रोक्न सकिन्थ्यो । पर्यावरण पनि अनुकूल रहन सक्ने थियो । तराई क्षेत्रको अर्थव्यवस्था पनि खराब हुने थिएन । वर्तमान अवस्थामा महेन्द्र राजमार्गले पनि आफ्नो भूमिकाको सार्थकता निर्वाह गरिरहेको देखिन्छ तथापि हुलाकी सडकको समुचित सदुपयोग गर्न सकिए यो राष्ट्र र जनताको आर्थिक समृद्धिमा कोशेढुड्ढा
साबित हुन सक्छ ।
मुलुकमा प्रजातन्त्रको पुनःस्थापना भएको झण्डै तीन दशकमा पनि अस्तित्वमा आएका सरकारहरूले हुलाकी सडकको विकासमा खासै ध्यान दिएनन् । फलस्वरूप तराईको अर्थव्यवस्थाको साथै समग्र मुलुककै आर्थिक प्रगति पनि अवरुद्ध हुँदै आएको देखियो । जब कि हुलाकी सडकको मर्मत एवम् निर्माणका लागि र यसको नियमित सञ्चालनका लागि वर्षांैदेखि स्थानीय जनताले आवाज उठाउँदै
आएका छन् ।
नेपाल सरकार एवम् भारत सरकारबीच भएको सहमतिअनुसार झण्डै एक हजार पाँच सय सय किलोमिटर लामो हुलाकी सडक निर्माण भारत सरकारले गर्ने भएको छ भने नेपाल सरकारले हुलाकी सडक तथा यसमा पर्ने नदी तथा खोलाहरूमा पुल निर्माण गर्ने भएको छ । निर्माणक्रममा देखिने अन्य अवरोधहरू हटाउने दायित्व पनि नेपाल सरकारले लिएको छ । यो सहमतिपछि सन्तोषजनक काम भएको छ, बाँकी काम प्रगतिमा रहेको देखिन्छ । धनुषा, बारा, महोत्तरी, मोरङ, सप्तरी, सिरहा, दाङ तथा पर्सा र पश्चिमका कतिपय जिल्लामा समेत हुलाकी सडकको निर्माणकार्यले गति प्राप्त गरेको छ ।
पूर्व–पश्चिम राजमार्गबाट मधेसका जिल्ला सदरमुकामसम्म जोड्ने ८१७ किमिका ३२ वटा सहायक राजमार्ग छन् । भारतका तत्कालीन प्रधानमन्त्री चन्द्रशेखरले २०७४ सालमा नेपाल भ्रमणक्रममा हुलाकी राजमार्ग निर्माणमा भारत सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । भारतीय सहयोगको सैद्धान्तिक सहमति २०६१ सालमा भए पनि नेपालमा २०६२÷०६३ को परिवर्तनपश्चात् भारतले नेपालमा ४४० किलोमिटर सडकको डिजाइन, सुपरीवेक्षण र निर्माण तीन चरणमा गर्नेगरी सम्झौता गरेको थियो । नेपालले गरेको रेखाङ्कनअनुसार हुलाकी राजमार्गको लम्बाइ पूर्वदेखि पश्चिमसम्म एक हजार ७९२ किलोमिटर रहेको छ ।
विभिन्न राजनीतिक उतारचढावका कारण हुलाकी सडक निर्माणको काम बीचमै रोकिएको थियो ।
हुलाकी सडकको मर्मत, निर्माण एवम् सञ्चालनबाट यसको सर्वाधिक फाइदा तराईका किसानलाई हुनेछ । तराईका प्रायःजसो जिल्ला सदरमुकामहरू दक्षिणी भेगमा छन् । हुलाकी सडक ती जिल्ला सदरमुकामहरूको नजिकबाट गएका कारण पनि यहाँका किसानहरूले मिहिनेत गरी उब्जाएका खाद्यान्न र तरकारी एवम् फलफूल आदिहरूको समुचित मूल्य प्राप्तिका लागि स्थानीय बजारमा सजिलै पु¥याउन सक्छन् । अहिले भरपर्दो सडक यातायातको अभावमा किसानले आफ्नो उत्पादनको समुचित मूल्य पाउन सकिरहेका छैनन् । जसका कारण कृषि पेशाप्रति नै उदासिनता जाग्न थालेको छ । मुलुकलाई अन्न खुवाउने किसान अर्थात् अन्नदाता नै यसरी आफ्नो पेशाबाट विमुख भई अन्यत्र ध्यान केन्द्रित गर्दा राष्ट्रसामु थुप्रै समस्या उत्पन्न हुन सक्छ, तसर्थ नेपाली किसानको समस्यामाथि गम्भीरतापूर्वक ध्यान दिन जरुरी छ । हुुलाकी सडकको मर्मत एवम् निर्माणकार्यमा पर्याप्त ध्यान दिई यसको सुसञ्चालन हुनु आवश्यक भएको छ ।
(लेखक सामयिक विश्लेषक हुनुहुन्छ ।)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?