logo
२०८१ बैशाख १४ शुक्रवार



खोपको अक्कर

खोप वितरणका सर्त पूरा गर्न हामीलाई सदावहार चुनौती हुनेछ

विचार/दृष्टिकोण |


खोपको अक्कर


शरदचन्द्र पौडेल

आधुनिक मानव सभ्यताको मानक प्रकृतिमाथिको नियन्त्रणले निर्धारण गर्दछ । प्रकृतिअनुसार चल्नेहरू प्राथमिक र प्रकृतिलाई चलाउनेहरू आधुनिक ठहरिन्छन् । तर, प्रकृति सबैमाथि समान व्यवहार गर्दछिन्, निर्मम हुँदा पनि पनि सम्यक छिन् । गत वर्ष चीनबाट सुरु भएको कोरोना भइरसको सङ्क्रमण गत मार्चदेखि विश्वव्यापी बनेको छ । यसबाट संसारका पाँच करोडभन्दा बढी सङ्क्रमित भएका छन् भने १२ लाखभन्दा बढीले ज्यान गुमाएका छन् । नेपालमा विगत तीन महिनादेखि सङ्क्रमणको दर बढेर दुई लाख नाघेको छ भने करिब १२ सय नेपालीको मृत्यु भइसकेको छ ।
मानव उपलब्धिको चुनौती बनेको यो भाइरस नियन्त्रणका लागि औपधि वा खोप आएको छैन । सङ्क्रमण रोक्ने उपाय खालि नाक, मुख राम्रोसँंग छोप्ने, एक–अर्काबीच दूरी कायम गर्ने र बारम्बार हात धुने‐ तीन मन्त्रमा सीमित छ । यी उपाय सामान्य भए पनि मानिसको पहिचान, सौन्दर्य र सामाजिकीकरणका मापदण्डसँग सम्बन्धित छन् । यसले मानव व्यवहारमा महŒवपूर्ण परिवर्तन माग गर्दछ । केही समय पालना गर्न त गाह्रो हुँदैन तर लामो र अनिश्चित अवधिले थकान ल्याउँछ । आ जेसुकै होस् भन्ने बनाउँछ । सनातन व्यवहार छोड्न मानिस सहजै तयार हुँदैन र सक्दैन पनि । जाडोयाममा चीनबाट सुरु भएकाले यो भइरस उत्तरी गोलाद्र्धमा चिसो मौसम सुरु भएपछि निकै फैलिने भविष्यवाणी विज्ञले गरेका थिए । गर्मी याममा ठूलो क्षतिपछि मत्थर भएको इटाली, स्पेन, जर्मनीलगायतका युरोपियन देशमा सङ्क्रमण चिसोेसँगै ह्वात्तै बढेको छ । भुटानजस्ता नयाँ ठाउँमा पनि विस्तार भएको छ । हिउँद आउँदै गर्दा नेपालमा पनि सङ्क्रमण दर बढ्ने अनुमान गरिएको छ । देशहरू पुनः फेरि बन्दाबन्दी या निषेधका उपायमा ओर्लन थालेका छन् ।
प्रभावी औपधि र खोप दुवै नभएको एक वर्ष हुनै लाग्दा बितेको हप्ता क्षितिजमा प्रकाश देखाप¥यो । २०२० नोभेम्बर ९ मा फाइजर कम्पनीले आफूले बनाएको खोप ४३ हजार मानिसमा परीक्षण गर्दा ९० प्रतिशत प्रभावकारी भएको घोषणा ग¥यो । दुई दिनपछि रसियामा बनेको स्पुटनिक‐२ ९२ प्रतिशत प्रभावकारी भएको समाचार आयो । नोभेम्बर १६ मा अर्को एक अमेरिकी कपनी मोडर्नाले ३० हजारमा परीक्षण गर्दा आफ्नो खोप ९५ प्रतिशत प्रभावकारी भएको घोषणा ग¥यो । संंसारमा धेरै धनजनको क्षति गरिसकेको र गरिरहेको यस शताब्दीकै महाविपद् कोरोनाविरुद्धको खोप विकासको खबरले मानिसमा ठूलो आशा जगाएको छ । कोरोनाविरुद्ध खोप बनाउने यीमात्र होइनन् । संसारभर करिब ५० कम्पनीले तेस्रो चरणको परीक्षण गरिरहेका छन् । तिनले प्रयोग गरेको प्रविधि पनि फरक–फरक छ । आगामी दिनमा यस्ता थप घोषणा आउनेछन् ।
उन्नाइसौँ शताब्दीको महानतम् खोज हो, सबै रोग किटाणुबाट हुन्छ भन्ने किटाणु सिद्धान्त । यसैमा टेकेर नै आधुनिक चिकित्साविज्ञानको विकास भएको हो । यो सिद्धान्तले रोगविरुद्ध लड्ने दुई उपाय बताउँछ । एउटा शरीरमा किटाणुलाई प्रवेश गरे पनि बढ्न र फैलिन नदिने र अर्को भित्र पसेर सक्रिय भएकोलाई मार्ने । पहिलोमा प्रतिरोधात्मक क्षमता बढाएर किटाणुलाई निष्क्रिय पारिन्छ भने दोस्रोमा किटाणु मार्ने औषधि शरीरमा प्रवेश गराइन्छ । खोपले प्रतिरोधात्मक क्षमता बढाउँछ ।
घोषित खोपलाई मानवका लागि महान् उपलब्धि मानिएको छ । विश्वका सबै सेयर बजारमा खोपको खबरले छाल ल्याएको छ, अब कोरोनाबाट सिर्जित समस्या रहँदैन भनेर । नेपालको सेयर बजार पनि उकालो लागेको छ । कोरोनासँग जुधिरहेका सरकार प्रमुखले खुसी व्यक्त गर्दै जनतालाई अब छिट्टै खोप उपलब्ध हुने बताइरहेका छन् । विकासमा संलग्न वैज्ञानिक, कम्पनी र खोपबारेको खबरले महŒवपूर्ण स्थान ओगटेको छ । सरकार खोप प्राप्ति र वितरणको योजना बनाउन तल्लीन छन् । कम्पनी धेरै खोप उत्पादन र वितरणको रणनीति बुन्दै छन् । खोप घोषणाको पूर्वसन्ध्यामा नेपाल सरकारले पनि खोप ल्याउने तयारीको उद्घोष गर्दै अध्यादेशमार्फत प्रक्रियालाई सरलीकृत गरेको छ । खोपले रोग रोक्ने होइन, खोपाएपछि मात्रै रोग नियन्त्रण हुन्छ । त्यसकारण खोप लगाउने कार्यलाई पन्छाएर खोपको मात्र कुरा गर्नु निरर्थक हुन्छ । विश्व स्वास्थ सङ्गठनले खोप सगरमाथाको बेस क्याम्प (आधार शिविर)मा पुगेजस्तै हो, टाकुरामा पुग्न त बाँकी नै छ भनेर आगामी दिनमा गर्नुपर्ने कठिन कामको सङ्केत गरेको छ । अरू विकास हुँदै गरेका खोपका बारेमा धेरै जानकारी बाहिर आएको छैन । तर, फाइजरको खोप सबै जनसङ्ख्यामा पु¥याउन नेपालजस्तो मुलुकका लागि सजिलो छैन । मोडर्नाको खोपको व्यवस्थापन भने केही सजिलो हुने बताइएको छ ।
कम आए भएका नेपालजस्ता मुलुकका लागि पहिलो चुनौती पैसाको हुनेछ । अत्यन्त माग रहेको यी खोप प्रतिस्पर्धात्मक मूल्यमा हामीले किन्न सक्दैनौँ, धनी राष्ट्रले पैसा दिएर अग्रिम बुकिङ गरिसकेका छन् । हामीजस्ता कम विकसित राष्ट्रले विश्व स्वास्थ्य सङ्गठनजस्ता सहायता निकायबाट नै प्राप्त गर्ने हो । हाल मागको तुलनामा न्यून मात्रामा उत्पादन हुने यी खोप उत्पादक राष्ट्रले आफ्नो आवश्यकता पूरा नगरी अरूलाई बेच्न दिँदैनन् । त्यसकारण पहिलो चरणमा कम विकसित मुलुकका लागि यी खोप उपलब्ध हुने छैनन् । यद्यपि, धेरै खोप विकासको क्रममा रहेकाले पछिल्लो समयमा किन्नेको सौदाबाजी क्षमता बढ्ने निश्चित छ । सहायता निकायलाई खोप प्राप्त गर्न पनि सहज हुनेछ ।
महŒवपूर्ण कुरा त यी दुई खोपले कोरोना रोकेको दुई÷तीन महिनाभन्दा बढी भएको छैन । यी खोपले कति समयसम्म रोगको निरोध गर्न सक्छन् भनेर अहिले नै भन्न सकिँदैन । बिफरको खोप एकपटक लगाएपछि आजीवन हुन्थ्यो भने फ्लुको खोप प्रत्येक वर्ष लगाउनुपर्छ ।
खोप बिरामीलाई होइन, स्वस्थ मानिसलाई दिने हो । थोरै अवधिमा खोपको खराब प्रभावका बारेमा पूर्ण जानकारी हुँदैन । सामान्यतः खराब प्रभाव हेर्न एक वर्षभन्दा बढी समय राखिन्छ । तर, क्षति बढी भई हतार भइसकेकाले कोरोनाको हकमा यसलाई घटाइएको छ । अमेरिकाको सङ्घीय औषधि प्रशासनले हालको अवस्थामा दुई महिनालाई पर्याप्त भनेको छ ।
ओसारपसार अर्को महŒवपूर्ण विषय हो । फाइजरको खोप माइनस ७० डिग्री सेन्टिग्रेडमा भण्डारण गर्नुपर्दछ, निकालेको केही समयभित्रै प्रयोग गरिसक्नुपर्दछ । हाम्रो घरको फ्रिजमा माइनस ४ डिग्री सेन्टिग्रेडसम्मको चिसोमात्र हुन्छ । विकसित मुलुकमा पनि सीमित ठाउँमा मात्र यस्तो सुविधा रहेको हुन्छ वा स्थापना गर्न सकिन्छ । नेपालजस्तो ऊर्जालगायत अन्य पूर्वाधार कमजोर रहेको मुलुकमा यसलाई भण्डारण गरेर प्रयोग गर्न हिमालजस्तै चुनौती छ । पछि आउने खोपका लागि फाइजरको जस्तो उग्र चिसो त नचाहिएला तर गुणस्तर कायम गर्न केही सर्त भने निश्चित रहन्छन् । मोडर्नाको खोपको व्यवस्थापन पनि चिसोमै गर्नुपर्दछ । निजी कम्पनीले त असजिलो बेलामा नचाहिने चीज किनाउन पनि सर्तलाई उलटपुलट गर्न सक्दछन् । खोप वितरणका सर्त पूरा गर्न हामीलाई सदावहार चुनौती हुनेछ । त्यसै पनि हाम्रो व्यवस्थापकीय क्षमता एकदमै कमजोर छ ।
सबै भूगोलमा र जनसङ्ख्यामा खोप नपु¥याई समाजलाई सुरक्षित राख्न सकिँदैन । विशेषज्ञ कुल जनसङ्ख्याको कम्तीमा ६० प्रतिशतले खोप नलगाई सामुदायिक प्रतिरोध हासिल हुँदैन भन्छन् । यसरी नेपालमा करिब दुई करोडलाई खोपाउनुपर्छ । केहीले खोप लगाएर सुरक्षित भइँदैन, उल्टो गरिब र कमजोर वर्गले नै बलिदान गर्नुपर्छ । ६० प्रतिशत भनेको सबै ठाउँका समुदायको हो, सजिलो ठाउँका मानिसको टाउका गनेर हुँदैन ।
मागअनुसार प्राप्त नहुने र भइहाले पनि हाम्रो भौतिक र जनशक्तिको व्यवस्थापकीय क्षमताले सबैलाई छोटो अवधिमा खोपाउन सम्भव हुँदैन । बनावट र जोखिमका आधारमा प्राथमिकतामा चरणबद्ध खोपाउनुपर्छ । यसरी खोपाएर समाजलाई सुरक्षित बनाउने कार्यले स्वतः लामो समय लिन्छ । हामीले चाहेजस्तो तुरुन्तै आजको भोलि नै हुन सक्दैन । मोडर्ना र फाइजरका खोप एक महिनाको फरकमा दुईपटक लगाएपछि मात्रै प्रभावकारी हुन्छ । कतिपय मानिस एकपटक लगाएर छोड्छन् । यिनीहरूलाई पत्ता लगाएर खोपाउने कुरा सजिलो हँुदैन ।
संसारका धेरै देशबाट उन्मूलन भइसकेको क्षयरोगको हामी उपचार गर्दै छौँ । पोलियो पनि उन्मूलन भइसकेको छैन । यस पृष्ठभूमिमा करोनाविरुद्ध खोपाएर नेपाली समाजलाई सुरक्षित बनाउने कार्य खालि सदाशयताले मात्र पूरा हुँदैन । खोप आयो, अब सबै समस्या गयो भनेर उत्तालिएर हँुदैन, खोपाउने सुझबुझपूर्ण योजना र परिश्रमको झन् बढी खाँचो पर्दछ । नत्र खोप नेपालीका लागि आकाशको फल हुन बेर लाग्दैन । 
(लेखक नेपाल सरकारका पूर्वसचिव हुनुहुन्छ ।)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?