logo
२०८१ जेष्ठ ६ आईतवार

  उल्टाे-सुल्टाे !  



प्रधानमन्त्रीलाई रावणको शिक्षा

समय व्यतीत भएपछि पछुताउनुको कुनै अर्थ छैन

विचार/दृष्टिकोण |


प्रधानमन्त्रीलाई रावणको शिक्षा


कृष्णमुरारी भण्डारी

प्रधानमन्त्री केपी शर्मा ओली जुन वेगमा मुलुकलाई अगाडि बढाउन चाहिरहनुभएको थियो, पार्टीभित्रैबाट प्रतिपक्षको जस्तै बखेडाले उहाँका योजना र कार्यक्रमहरू समयमै पूरा हुनेमा दिनप्रतिदिन चुनौती थपिन थालेका छन् । आउँदो आमनिर्वाचनको समयावधिलाई प्रधानमन्त्रीको कार्यकालबाट हटाउने हो भने उहाँको दुईतिहाइ समय सकिँदै छ ।
संविधान जारी भएपछिको पहिलो प्रधानमन्त्रीको कार्यकालमा ‘स्वप्नदर्शी’को उपमा पाउनुभएका केपी ओलीले दोस्रो कार्यकालको मध्यान्तर पार गरिसक्नुभयो । यद्यपि, उहाँ जति समय शासनमा रहनुभयो त्यो नेपालको राजनीतिक इतिहासको विरलै नेतालाई प्राप्त हुने अवसर हो । तथापि, बाह्य र आन्तरिक चुनौतीहरूलाई आफ्नो कार्यकालको पहिलो दिनदेखि नै पर्गेल्दै र छिमल्दै अगाडि बढ्नुभएको छ ।
प्रधानमन्त्री ओलीको कार्यकालको सुरुको दुई वर्ष नेपालको आर्थिक विकासदर करिब ८ प्रतिशतमा पुगेको थियो । यो राष्ट्रिय वृद्धिदर दक्षिण एसियामा बङ्गलादेशपछिको हो । भारतभन्दा पनि नेपाल अगाडि देखिएको थियो तर कोभिड–१९ अर्थात् कोरोना भाइरससँगै नेपालमा आर्थिक वृद्धिदर ओह्रालो लागेको छ । यो विश्वव्यापी महामारीले सरकारलाई यसैमा इङ्गेज (अल्झाएको) गराएकोमात्र छैन कि मुलुकको मेरुदण्डमा प्रहार गरेको छ । जनजीवनलाई अस्तव्यस्त पारिरहेको छ । यस्तो अवस्थामा पनि आफ्नै पार्टी नेतृत्वका सहकर्मीहरूको व्यवस्थापनमा देखिएको चुनौतीले सरकारले जुन गति लिनुपर्ने हो, त्यो गति लिन सकेको छैन ।
वैदेशिक रोजगारीमा रहेका नेपाली युवा विश्व अर्थतन्त्रमा परेको गहिरो प्रभावपछि धमाधम स्वदेश फर्कनेक्रममा छन् । कोरोनाका कारण देशभित्रको आर्थिक गतिविधि सुस्ताउँदो छ । बेरोजगारी तीव्र गतिमा बढिरहेकोमात्र छैन कि विश्वका अरू देशहरूमा जस्तै अनेक आर्थिक एवम् सामाजिक समस्या र उल्झनहरू देखापरिरहेका छन् । कोरोना प्रभावित देशहरूले त्यस्ता प्रभावलाई सम्बोधन गर्दै विशेष कार्यक्रमहरू बनाइरहेका छन् । कतिपयले त कार्यान्वयनमा पनि ल्याएको देखिँदै छ । नेपालमा पनि थप नयाँ रणनीतिक कार्यक्रमहरू अल्पकालीन र दीर्घकालीन रूपमा सुरुवात गर्नुपर्ने अवस्था उत्पन्न भएको छ । विदेशमा उत्पादित सामानको बजार हाम्रो देशलाई बनाउने वित्तीय पुँजीवाद होइन कि स्वदेशी कच्चा पदार्थलाई औद्योगिक माल बनाउने औद्योगिक पुँजीवाद यहाँ आवश्यक छ । किनभने उद्योगको ‘फरवार्ड÷व्याकवार्ड लिङ्केज’ हुन्छ । सरकारले जतिसक्दो छिटो जनता र पार्टीलाई अगाडि राखेर खरो बनेर प्रस्तुत हुनु जरुरी छ । यस्तो अवस्थामा स्पष्ट खाकासहित अगाडि बढ्नु आवश्यक हुन्छ । यो स्वास्थ्य, आर्थिक तथा सामाजिक सङ्कटको विकराल अवस्था हो । यसलाई भुल्न हुँदैन र कम आँक्न पनि मिल्दैन ।
तर, नेकपा पनि काँग्रेस र अन्य पार्टीजस्तै घरकलहमा हेलिएको छ । यो अलमलले नेकपालाई कहीँ पु¥याउँदैन सिवाय आगामी चुनावमा प्रतिपक्षमा । नेकपा अलोकप्रिय भयो भने सबैले के कुरा गाँठो बाँधे हुन्छ भने, त्यो पराजय सबैको पराजय हुनेछ । प्रचण्ड, माधव, झलनाथ, वामदेव, सुवाष, सुरेन्द्रको मात्र होइन, ईश्वर, विष्णु, शङ्कर, नारायणकाजी, जनार्दन, घनश्याम, योगेश, वर्षमान, हरिबोल, शक्ति, पृथ्वी, भीम, शिवमाया, अष्टलक्ष्मी, लीलामणि, मातृका यी सबैको झन् ठूलो पराजय हुनेछ किनभने प्रधानमन्त्री ओलीले आगामी चुनाव नलड्ने घोषणा गरिसक्नुभएको छ ।
अहिलेकै जस्तो अलमल र अन्योल नेकपामा रहिरहे समाज रूपान्तरणको गतिलाई नै अवरोध पु¥याउनेछ । यो नेपाली जनताले दिएको दुइतिहाइ मतको अपमान हुनेछ । दुईतिहाइ सङ्घमा मात्र होइन, प्रदेश र स्थानीय तहमा पनि दिएकै छन् ।
यो अवस्था केपी ओलीले भरमग्दुर प्रयत्न र राजनीतिक जोखिम मोलेर गरेको एमाले र एमाओवादीको एकीकरण नेकपाकै कारण फितलो र औचित्यहीन साबित हुनेछ । इतिहासमै दुर्लभ कम्युनिस्ट पार्टीलाई प्राप्त यो अवसर आपसी स्वार्थ, लाभ, पद र बिचौलियाहरूको प्रभावका कारण ‘नारायणहरि’ हुन सक्ने सङ्केत देखिँदै छ । यसो भयो भने दुई वामपन्थी पार्टीको एकता ७० वर्षदेखिको सपना र प्रार्थनाको अपमान ठहरिनेछ । नेपाली जनताप्रति ठूलो धोका हुनेछ ।
समय त व्यतीत भएर जाने नै छ तर अहिलेजस्तो अवसर वामपन्थीहरूले फेरि प्राप्त गर्ने कुरा कल्पना पनि गर्न सकिँदैन किनभने ०१७ सालमा बीपी कोइरालाको नेतृत्वमा बनेको दुइतिहाइ बहुमत ल्याएको सरकार समाज परिवर्तन व्यवस्थापन गर्न नजान्दा फेरि सत्तामा पुग्न ३० वर्ष सङ्घर्ष गर्नुप¥यो । तर, प्रजातन्त्र पुनःस्थापना भएको बीपीले देख्नै पाएनन् । ०४८ सालमा सत्ताउन्मादले काँग्रेस फेरि पछाडि प¥यो । ०६२÷६३ को आन्दोलनमा राजतन्त्र फालेर गणतन्त्र स्थापना गर्न गिरिजाप्रसाद कोइरालाले लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भई नयाँ युगमा गणतन्त्र संस्थागत भएको देख्नै पाएनन् । विगतको यो इतिहासबाट नसिक्ने हो र व्यक्तिगत, पारिवारिक र गुटगत स्वार्थको छिनाझम्टीमा लिप्त भइरहने हो भने नेपाली सभ्यताका लागि नै दुर्भाग्य हुनेछ ।
विभिन्न गुट–उपगुटमा बाँधिएर एक–अर्कालाई संशोधनवादी, विसर्जनवादी, गद्दार र विदेशी दलाल भनी दोषारोपण गर्ने वामपन्थीहरूलाई केपी ओलीले इतिहासमै नेकपाको एउटै छातामुनि ल्याउनुभयो । एकीकरण गर्नुभयो । संसद्मा दुईतिहाइ मतसहित सत्तामा पु¥याउनुभयो । तर, निहित स्वार्थहरूमा चुर्लुम्म डुबेका केही नेताहरू पार्टी सत्तामा पुगेपछि आफ्नै अध्यक्षले नेतृत्व गरेको सरकार असफल बनाउने विध्वंशकारी खेलमा लाग्नुले नयाँ युगका नयाँ पुस्ताको सपना पनि ध्वस्त हुने त होइन भन्ने शङ्काको बादल फैलिएको छ । नेकपाका नेता, कार्यकर्ता र समर्थकहरू जसलाई ओलीले प्रारम्भदेखि नै विभिन्न आयामबाट पहिचान गर्नुभएको छ, उहाँले आगामी अधिवेशनमा नयाँ नेतृत्वलाई अगाडि सार्ने छनक पनि दिइसक्नुभएको छ ।
यस्तो अवस्थामा प्रधानमन्त्री ओलीले निर्मम बनेर कठोर घेराबन्दी तोड्न सक्नुपर्छ । क्षमता, सीप र सामथ्र्य भएका पार्टीभित्रका युवा, बुद्धिजीवी र इमानदार नेता, कार्यकर्ता तथा बाहिर रहेका सिर्जनशील उद्यमशील र दूरदर्शी दृष्टिकोण भएका व्यक्तिहरूसँग घनिभूत संवाद गरेर प्रस्ट मार्गचित्र कोर्नुपर्छ र अब नेपाल कता जाने भन्ने नयाँ बाटो देखाउनुपर्छ । पार्टी कस्तो हुने ? कता जाने ? सरकार कस्तो हुने ? कसरी चल्ने ? कर्मचारीतन्त्र संयन्त्र
कस्तो बनाउने ? निजी क्षेत्रको भूमिका के हुने ? अर्थतन्त्रमा सबैको सहभागिता कसरी जुटाउने ? नेपाल सबै नेपालीको साझा घर साझा प्रतिबद्धता, सामूहिक योगदान, सबैको अपनत्वभाव र गरिब तथा विपन्नतामा पिल्सिएकाहरूलाई कसरी मूल प्रवाहीकरण गर्ने भन्ने विषयमा आफ्नो समय र ऊर्जा खर्च गर्नुपर्छ । समृद्ध नेपाल सुखी नेपाली नारा लिएर अगाडि बढ्नुभएका प्रधानमन्त्री ओलीलाई समय धेरै कम छ । तर, यो काम केपी ओलीले मात्र गर्न सक्नुहुन्छ किनभने उहाँ नै नेपालको त्यस्तो राजनेता हो, जसले बीपी कोइरालापछि लोकतान्त्रिक, वामपन्थी, देशभक्त र विकासप्रेमीहरूलाई एउटै मालामा उनेर समृद्ध नेपाल, सुखी नेपाली बनाउने सपनालाई मूलमन्त्र बनाएर अगाडि बढ्नुभएको छ ।
उहाँका सामु चुनौतीहरू कम छैनन् । आन्तरिक विवाद नै अहिले सबैभन्दा ठूलो चुनौती हो, प्रधानमन्त्रीका अगाडि । निर्ममतापूर्वक आफूले गरेका कामको समीक्षा गरेर अगाडि
बढ्नुको विकल्प ओलीसँग छैन, न त उहाँसँग पौल समय नै छ ।
एक वर्षपछि नयाँ चुनावी लहर पनि सुरु हुन थाल्नेछ । ०७९ साल निर्वाचन वर्ष हो । निर्वाचनको छ महिनाअघि नै निर्वाचन आयोगले सरकारको हात खुट्टा पनि बाँध्नेछ । प्रधानमन्त्रीसँग अलमलिने समय छैन । त्यसैले भारतीय जासुसी संस्था ‘रअ’को प्रमुखलाई भेटेको विषयमा परराष्ट्र मन्त्रालयले जानकारी दिए पुग्छ । न त भारतीय सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ पद्वी दिने परम्परागत विषयमा कुनै स्पष्टीकरण नै दिइरहनु आवश्यक छ । बेलाबेलामा उठेका विषयहरूलाई सम्बन्धित मन्त्रीहरूले आ–आफ्नो मन्त्रालयको तर्फबाट जवाफ दिने नै छन् । सरकारका प्रवक्ताले नै जवाफ दिए पुग्छ ।
एक पूर्वप्राध्यापक दोहो¥याइरहनुहुन्छ– चाडबाडमा गौँडो कुरेर दसैँमा साँझ बिहान टीकाटालो गर्नेलाई भाटो तेस्र्याएर अगाडि बढ्न ठाउँठाउँमा रोक्छन् । न नाघ्न, न त भाटो हटाउन नै दिन्छन् । हटाउन र नाघ्न थाले निहुुँ खोज्छन् । हो, त्यसैगरी केपी ओलीमाथि भाटा तेस्र्याएर अगाडि बढ्नबाट एक वर्षदेखि पार्टीभित्र रोकिएको छ । यो अवरोध हटाइनुपर्छ । यो अलमल हेर्दा प्रधानमन्त्रीले त्यसैगरी अवरोध सामना गरिरहनुभएको छ, जसरी रावण बल, बुद्धि, शक्ति भएर पनि आफूले चाहेको गर्न नपाएर तड्पिएका थिए ।
चर्चित भनाइ नै छ– रावण चाहन्थे, समुद्रको नुनिलो पानीलाई गुलियो बनाउन । उनको अर्को चाहना थियो, पृथ्वीबाट स्वर्ग जान सिँढी बनाउने । तर, तपसिलमै अलमलिएकाले उनको सुन्दर इच्छा पूरा हुन पाएन । त्यसैले तपसिलका विषयमा स्वप्नदर्शी प्रधानमन्त्री केपी ओली पनि अलमलिनुहुँदैन । समय व्यतीत भएपछि पछुताउनुको अर्थ छैन । समृद्ध नेपाल सुखी नेपालीको सपना नारामै सीमित हुनेछ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?