logo
२०७७ मंसिर १२ शुक्रवार

रहर त्यागेर कहर तोडौँ

विचार/दृष्टिकोण |




डा. अतीन्द्र दाहाल

यतिखेर हामी समस्त नेपालीजनको महान् चाड विजयादशमीको पावन तथा पुनित अवसरको समयमा छौँ । यद्यपि, विगतका वर्षहरूभन्दा यो वर्ष भिन्न परिस्थिति छ । चाडबाडमा हुने स्वाभाविक उत्साह तथा उमङ्ग फरक छ । विश्वव्यापी बनेको कोरोना महामारी र कहरका बीच कसरी अनि कहाँ चाडबाडलाई मनाउने भन्ने अत्यास नाजायज किञ्चित होइन । सरकारले समेत औपचारिक रूपमा जो जहाँ छौँ, त्यहीँ सुरक्षित हिसाबले चाडबाड मनाउन आह्वान गरेको छ । अति आवश्यकबाहेकका अतिरिक्त आवागमन तथा भेटघाट रोगको उपहार हुन सक्छ । सरकारको आह्वान पालना गर्दा आफ्नै सुरक्षा हुन सक्छ । नेपाली रीति तथा संस्कृतिमा आधारित चाडबाडहरू ऐतिहासिक अनि रोमाञ्चक छन् । तीमध्ये बडादशैँ त आमनेपालीको मुख्य चाड हो । यो विविध मान्यताका बहुमूल्य आधारसँगै अलौकिक अनि अनुपम बहुलताका विशिष्टताको सघन प्रतिविम्बनले समेत
महŒवपूर्ण छ ।

बहुलताको विशिष्टता
असत्यको सामुल नष्ट भई सत्यको विजयको प्रतीकका रूपमा दशैँको अनुशरण तथा अवलम्बन सबैभन्दा मुख्य सन्देश हो । यसका धार्मिक किंवदन्तीहरूसमेत यसैगरी निर्माण गरिएका छन् । म्यारी एम एन्डरसनको पुस्तक ‘द फेस्टिभल्स अफ नेपाल’मा समेत दशैँलाई अरूभन्दा भिन्न प्रकृतिको चाड तथा मनोरञ्जन अनि मनोविज्ञानको सन्तुलित समिश्रणका रूपमा व्याख्या गरिएको छ ।
सामाजिक सद्भाव तथा सम्बन्ध नवीकरण अर्को प्रधान सौन्दर्य हो । लामो समय आफ्नो गाउँघर, समाज अनि निकट परिवेशबाट विमुख भएर विविध पक्षले टाढा भएका आफन्तहरूको भेटघाटका कारण यस्ता चाडले वयस्कहरूलाई लोभ्याउने गर्छ । अघिल्ला वर्षसम्मको तथ्याङ्क हेर्दा झन्डै ७० लाख मानिस देशभित्र एक ठाउँबाट अर्काेमा जाने गरेको देखिन्छ ।
परिवारिक मिलन सबै उमेर, स्वभाव तथा ठाउँका मानिसमाथि देखिने सबैभन्दा महŒवपूर्ण आकर्षण हो । विभिन्न प्रयोजनले फरक–फरक ठाउँमा बसेका अथवा एकै स्थानमा बसेर पनि पारिवारिक मिलनको यथोचित समय नपाएकाहरूलाई यस्ता चाडबाडले त्यो गुणस्तरीय समय उपलब्ध गराइदिन्छ । नेपाली सवालमा, राजनीतिक एकताको सन्देश पनि कम महŒवको थिएन । विशेषगरी यहाँका दुई मुख्य दल नेपाल कम्युनिस्ट पार्टी
(नेकपा) अनि नेपाली काँगे्रसले यही चाडको अवसर पारेर चियापान समारोह आयोजना गर्दै आपसी सहकार्य तथा सहिष्णुता प्रवद्र्धन गर्थे । त्यसले नेतृत्व तहमा एक–अर्काप्रतिको रोष, कटाक्ष अनि मनमुटावलाई सामान्यीकरण गर्दै कार्यकर्तामा अपेक्षित आत्मीयताका लागि सहजीकरणसमेत गथ्र्यो ।
विश्व बैङ्कबाट जारी अनुसन्धानात्मक तथ्याङ्कहरूका अनुसार नेपालमा काम गर्ने उमेर समूह (१८ वर्षदेखि ६० वर्षसम्म)का सम्पूर्णमध्ये लगभग ७५ प्रतिशतजति कुनै न कुनै उत्पादक श्रम
(रोजगारी अथवा स्वरोजगारी)मा संलग्न भएको देखिन्छ । ती सबै मानिसले पेशागत व्यस्तताबाट विश्राम पाउने भएकाले औपचारिक तथा अनौपचारिक रोजगारीमा भएकाहरूलाई समेत यो चाडको भिन्नै रौनक महसुस हुनु स्वाभाविक हो ।
यतिखेर सरसामान तथा लत्ताकपडाको विक्रय पनि राम्रो हुने भएकाले व्यापारी, व्यवसायीहरूमा समेत उत्साह हुन्थ्यो । सामान्य समयको भन्दा ३० गुणासम्म बढी व्यापार भएका समाचार तथा अनुभव सुनिन्थे । तसर्थ, दशैँ सबैलाई हर्ष, उमङ्ग तथा उत्साहको पूर्ण प्याकेज बन्ने गथ्र्याे ।
तर, यसपटक फरक अभ्यास गर्नुपर्ने अवस्था छ । विगतको जस्तो उमङ्ग, उत्साह अनि आवागमन सायदै कसैले रुचाउँदैनन् र कोहीबाट यस्तो प्रयास पनि गर्नुहँुदैन । यो दशैँलाई निकै नयाँ तरिकाबाट मनाउनुपर्ने बाध्यता छ । यो एउटा सकारात्मक विज्ञानको विनिर्माण पनि बन्न सक्छ ।

बाध्यताको विज्ञान
यसपटकको दशैँमा हामी सबैले आफ्ना विगतका गतिविधि तथा स्वभावमा उल्लेखनीय परिमार्जन गर्नु छ । यसले उपभोक्तावाद
(अस्वाभाविक रूपमा खर्च गरेर हैसियत प्रमाणित गर्ने भ्रम)को विकृत रूपको पराकाष्ठा प्रदर्शनमा कटौती हुन सक्छ । आधुनिक अर्थशास्त्रका केही कुण्ठित तर्क अनि सिद्धान्तले उपभोक्तावादलाई नै समाजको आधार र व्यक्तिको सफल परिचय भएको बताउँछन् । जिगवन्ट वौमनको पुस्तक ‘वर्क, कन्ज्युमरिजम एन्ड न्यु पुवर’मा उपभोक्तवादले मानिसलाई गरिब बनाइरहेको तर्क र तथ्य प्रस्तुत छन् । मानिसको आर्थिक स्थिति उसको आम्दानी, बचत अथवा सम्पति हेरेर नभई, खर्च गर्ने स्वभाव हेरेर अनुमान गर्ने सामाजिक मनोविज्ञान छ । हामीमा पनि चाडबाडलाई भड्किलो बनाइने, रवाफ तथा हैसियतको भद्दा प्रदर्शन गर्ने अभ्यास यदाकदा देखिन थालेका थिए । विद्युतीय संसार (भर्चुअल वल्र्ड)का कारण विभिन्न पूजाका नाममा हतियार तथा सवारीका लस्करको विज्ञापन त सायदै नरोकिएला । तर पनि यसपालिको भिन्न बाध्यताले गरगहना तथा धनदौलतको सार्वजनिक प्रचारबाजीकोे गलत संस्कृतिको निरूपण होस् । दक्षिणा तथा कोसेलीपातको प्रतिस्पर्धालाई पनि निस्तेज गरोस् ।
यस्ताखालका सुधारात्मक विनिर्माणचाहिँ अन्य सामान्य अवस्थामा मनाइने चाडबाडको समयमा पनि अपेक्षा गर्न सकिन्छ । हामी सम्पन्न, सुस्वस्थ बनेको बेलामा रामरमिता गरौँला नै । अहिलेको असामान्य अवस्थामा मनाइने चाड कोरोना विस्तार रोक्न प्रयोग गर्नुपर्छ । भीडभाड भएको र आवागमन नरोकिएका कारण कोरोना सङ्क्रमणलाई नियन्त्रणमा लिन असहज अवस्था भइरहेको बेला दशैँलाई सरकार जनताले सदुपयोग गर्नुपर्छ । सबै नागरिक चाडको पूर्ण अवधिभर पूर्ण पारिवारिक आइसोलेसन
(अलग)मा बसौँ, आफ्नो निवास घेराभन्दा बाहिर ननिस्कौँ । सामाजिक घुलमिललाई पूर्णतया बन्द गरी घरभित्रमात्र बस्ने अठोट गराँै । सबैले आफूलाई कम्तीमा समूह, समुदायबाट १० दिन निकाल्ने प्रयत्न गरौँ । आफू सुरक्षित बसौँ र अरूलाई सुरक्षित राखौँ । आफूबाट अरूमा जोखिम नसर्ने स्थिति निर्माण गरौँ ।
सबैले आफूलाई कम्तीमा पनि बाँकी समाज र परिवारभन्दा बाहिरको दुनियाँबाट पूर्ण आइसोलेसनमा राखेको यस समयलाई स्वस्थबद्र्धक भोजनको अधिक सेवन गर्ने माहोलका रूपमा प्रयोग गर्न सकिन्छ । रोग, अझ विशेषगरी, हैजा, महामारी मानिसको रोग प्रतिरोधी क्षमताका आधारमा फरक पर्छ । समान परिवेशमा पनि असमान अनि फरकखालको नतिजा आउन सक्छ । रोगसँग डराउनेभन्दा पनि रोग प्रतिरोधी अथवा प्रतिरक्षा प्रणालीलाई हदैसम्मको अभिवृद्धि गर्ने अभ्यासचाहिँ अन्तिम औषधि हो । तसर्थ, दशैँ अवधिलाई प्रतिरोधी क्षमता बढुवा हुने आहार–विहारमा विशेष ध्यान दिऊँ । भान्सालाई कोरोनाको मुख्य औषधालयका रूपमा विकास गरौँ ।
कुनै पनि औषधि तथा खोप नभएको अहिलेको अवस्थामा सङ्क्रमणमुक्तहरूलाई दिइएको उपचार पद्धतिसमेत प्रतिरोधी क्षमता बढाउने प्रयास नै हो । चीनको वुहानमा पनि तातोपानी तथा पौष्टिक आहारको नियमित सेवनलाई मुख्य उपचार पद्धति बनाइएको पढिएकै छ । संसारभर रोग प्रतिरोधी क्षमता अभिवृद्धिमा अचुक मानिएका बेसार, कागती, लसुन, गुर्जो, अश्वगन्धा, मह, त्रिकुट, अमला, यस्टिमधु, अदुवा आदिको प्रयोग हाम्रै पुर्खाका हुन् । भारत र अमेरिकामा
‘इम्युनिटी बुस्टर’ भनेर बेसारको व्यापक विज्ञापन तथा व्यापार हुँदै छ । हामी आफैँभित्रका जडीबुटीको वैज्ञानिकताप्रति अनभिज्ञ तथा पूर्वाग्रही नबनौँ । यस्ता ‘भाइरल’जन्य रोगको जोखिम तथा निरूपण दुवैमा चिकित्सकीय पद्धतिभन्दा मानिसको जीवन आचरणका स्वभाव अनि स्वरूप निर्णायक पक्ष हुने कुरामा स्वयम् सिङ्गो औषधिविज्ञान र चिकित्सक समाज विश्वस्त छ ।
रेमन्ड फ्रान्सिस र केस्टर कटनको पुस्तक ‘नेभर बि सिक अगेन, हेल्थ इज च्वाइस, लर्न हाउ टु चुज इट’ले कसरी स्वस्थ जीवन अवलम्बन गर्न सकिन्छ भनेर सिकाउँछ । डा. अरुणा उप्रेतीले यस्तो जनजागरणका लागि हामीबीच निकै प्रशंसनीय प्रयास गरिरहनुभएको छ । आयुर्वेदिक प्रणाली र उपचार पद्धति कोरोनाविरुद्धको लडाइँमा प्रमुख पक्ष हुन सक्ने सम्भावना छ भनेर विश्व स्वास्थ्य सङ्गठनले समेत स्वीकारेको छ ।
जीवन आचरणलाई कोरोना पराजित गर्नेगरी वैज्ञानिक रूपमा सशक्तीकरण गरौँ । घरभित्रबाट आफूलाई कोरोनामुक्त र सशक्त बनाएर निकालौँ, बाहिरकाहरूसँग यो अवधिभर सम्पर्कमा नरहौँ । प्राचीन पूर्वीय दर्शन ‘आरोग्यता’को उपाय भरपूर अनुशरण गरौँ र सबैले महामारीलाई एकैपटक जितौँ ।
यो दशैँलाई यसरी मनाआँै कि द्वापरयुगीन असत्यविरुद्ध सत्यको जितको सन्देशसँगै अब कोरोना कहरमाथिको शानदार विजयको मानकसमेत बनोस् । नेपालले एउटा चाडको वैज्ञानिक व्यवस्थापनबाट महामारी सङ्क्रमणलाई निमिट्यान्न पारेको सन्देश जाओस् । पश्चिमा संसारलगायत बाँकी देशले उनीहरूको आसन्न चाडबाडमा हाम्रै प्रणाली अनुशरणबाट महामारीमुक्त हुन सकून् । एउटा इतिहास निर्माण होस् ।

(लेखक प्राध्यापन गर्नुहुन्छ ।)
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?