logo
२०८० चैत्र ६ मंगलवार

  दृश्य समाचार  



कसरी बन्यो सुस्ताएको पर्यटन बिउँझाउने भाइरल भिडियो

पर्यटन |


कसरी बन्यो सुस्ताएको पर्यटन बिउँझाउने भाइरल भिडियो


शब्द मुकुन्द गैरे/ दृश्य सागर बस्नेत
काठमाडौं, कात्तिक ५ गते । नेपाली पर्यटन उद्योग धराशायी भएको बेला भारतमा जन्मिएकी एक नेपाली बुहारीले बनाएको भिडियो एकाएक भाइरल बन्यो । नेपाल घुम्न जाने सातवटा कारण शीर्षकको सो भिडियो नेपाली पर्यटन क्षेत्रका लागि देबदूत नै बन्यो । नेपाल र भारतबीच सम्बन्ध केही चिसिएका बेला भारतमा जन्मिएर नेपालसँग जोडिएकी युवतीको यो भिडियोले धेरै नेपालीका भावनामा छोयो ।

एक प्रकारले गुमनाम रहेकी मानसी अग्रवाल सो भिडियोका कारण अहिले चर्चामा हुनुहुन्छ । उहाँले नेपाल पर्यटन क्षेत्रलाई नयाँ फरक शैलीबाट बनाएको ८ मिनेटको भिडियो सार्वजनिक गरे संगै उहाँको भिडियो भाइरल बनेको छ । उहाँले बनाएको भिडियो देश विदेशमा रहेका नेपालीलगायत विदेशी नागरिकले हेरिरहेका छन् । उहाँको भिडियोलाई परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पनि शेयर गर्नु भएको थियो ।

उहाँले नेपाल चिनाउन बनाएको फरक भिडियोले गर्दा नै विदेशबाट नेपाल घुम्न आउन इच्छा गर्नेहरुले आफूलाई सामाजिक संजाल, फोनलगायत विभिन्न माध्यमबाट सोध्नेहरुको संख्या बढिरहेको मोटिभेशनल स्पीकर अग्रवाल बताउनुहुन्छ । उहाँ नेपालका धेरै ठाउँको भ्रमण गरिसक्नु भएको छ ।

पोखरा, चितवन, नगरकोट, हेटौडा, विराटनगर लगायतका क्षेत्र घुमी सक्नुभएको छ । इच्छा रहँदारहँदै पनि समयको अभावले आफू घुम्न जान नपाएका रारा, मुस्ताङ, डोल्पालगायत देशका विभिन्न ठाउँमा चाँडै नै जाने सोच बनाएको अग्रवाल बताउनुहुन्छ । केही समयमै नयाँ नेपाललाई प्रचार गर्ने पर्यटन सम्बन्धी नयाँ भिडियो बनाउन थालेको गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

अहिले नेपाललाई चिनाउने सानो प्रयास भए पनि आगामी दिनमा सिङगो नेपाललाई चिनाउन नयाँ तरिकाले लाग्ने पनि उद्घोष गर्नुभयो । उहाँको आगामी योजना र कसरी नेपालको पर्यटन क्षेत्रमा लागेर काम गर्दै हुनुहुन्छ भन्ने विषयमा गोरखापत्र अनलाइनले गरेको कुराकानीमा आधारित भिडियो माथि हेर्न सक्नुहुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?