logo
२०८१ बैशाख २६ बुधवार



बलात्कार आरोपी साढे १२ वर्षपछि पक्राउ

खुला |


बलात्कार आरोपी साढे १२ वर्षपछि पक्राउ


चित्र मिजार
सिन्धुपाल्चोक, चैत ८ गते । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरी फरार आरोपी पक्राउ परेका छन् । चौतारा साँगचोकगढी नगरपालिका–७ का रामबहादुर भारतीलाई प्रहरीले १२ वर्ष छ महिनापछि पक्राउ गरेका हुन् ।

प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जबरजस्ती करणी आरोपी भारतीलाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको विशेष टोलीले ललितपुर महानगरपालिका–१३ कुसुन्तीबाट पक्राउ गरेको जानकारी दिनुभयो । २०६६ असोज १७ गते साबिक सानोसिरुबारी गाबिसको ठूलीचौरी पाखामा घाँस काट्दै गरेकी एक बालिकालाई करणी गरी भारती फरार थिए ।

पक्राउ परेका भारतीलाई जिल्ला अदालत चौतारामा पेस गरी कारागार चलान गरिएको डीएसपी बस्नेतले बताउनुभएको छ । भारती लुकीछिपी ललितपुरको कुसुन्तीस्थित सृजनशील निर्माण सेवामा काम गर्दे आएको विशेष सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको थियो ।

यस्तै, २०७८ असोज ८ गते जुगल गाउँपालिका–३ बोल्देका ३० वर्षीय पासलाल तामाङलाई खुकुरी प्रहार गरी फरार रहेका २० वर्षीया आशिष तामाङलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालतको आदेश बमोजिम उनलाई कारागार चलान गरिएको डीएसपी बस्नेतले बताउनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?