logo
२०८१ जेष्ठ ३ बिहीवार



घरको छतबाट खसेर युवकको मृत्यु

खुला |


घरको छतबाट खसेर युवकको मृत्यु


जाजरकोट, चैत १ गते। घरको छतबाट खसेर एक युवकको मृत्यु भएको छ। जिल्लाको भेरी नगरपालिका एक कालेगाउँका २५ वर्षीय भीमबहादुर बुढाथोकीको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले खलङ्गास्थित न्यूरोड जयकृष्ण पोल्टी फर्मको घरको चौथो तलाबाट खसेर युवकको मृत्यु भएको जानकारी दिनुभयो।

मृतक बुढाथोकी जयकृष्ण पोल्टी सप्लायर्समा महिनावारी ज्यालादारीका रुपमा काम गर्दै आउनुभएको थियो। बिहानै अँध्यारोमा झर्ने क्रममा घरको चौथो तलाबाट खसेर मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ। हाल घटनास्थलमा रहेका स्थानीयसँग आवश्यक साेधपुछ तथा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 युवकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल जाजरकोट पुर्याइएको छ। मृतक बुढाथोकीका बुवा आमा कमाइ गर्नका लागि भारत गएको र उहाँहरु आउँदासम्म शव राखिने मृतक बुढाका आफन्तले बताएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?