logo
२०८१ जेष्ठ २० आईतवार



राप्रपा नेता शेरचनको निधन

खुला |


राप्रपा नेता शेरचनको निधन


काठमाडौंर फागुन २२ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता एवम् पूर्वमन्त्री गणेश शेरचनको ७८ वर्षको उपचारका क्रममा निधन भएको छ ।

लामो समयदेखि मधुमेह रोगबाट पीडित शेरचनको पछिल्लो समय मृगौलामा पनि समस्या देखिएको थियो ।

राप्रपाका संस्थापक नेतासमेत रहनुभएका उहाँको आइतबार बिहान ग्रयाण्डी अस्पतालमा नै निधन भएको पार्टी प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताउनुभयो ।

उहाँको निधनमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले शोक व्यक्त गर्नुभएको छ । शेरचनको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारिक स्राेतले जनाएको छ । उहाँकी एक श्रीमती, तीन छोरा र एक छोरी हुनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?