logo
२०८१ जेष्ठ ७ सोमवार



पाडी र बाच्छी हुर्काउन कृषकलाई अनुदान सहयोग

खुला |
प्रदेश |


पाडी र बाच्छी हुर्काउन कृषकलाई अनुदान सहयोग


अमरराज नहर्की
तनहुँ, माघ २७ गते । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले उन्नत जातको पाडी र बाच्छी हुर्काउन कृषकलाई अनुदानको व्यवस्था गरेको छ । उन्नत जातको भैंसी तथा गाई भारतबाट आयात गर्नुपर्ने बाध्यता न्यूनीकरणका लागि कृषकलाई प्रोत्साहन स्वरुप अनदानको व्यवस्था गरिएको केन्द्रले जनाएको छ ।

केन्द्रकाअनुसार व्यवसायिक कृषकहरुले पाडी र बाच्छी हुर्काउनभन्दा दुध बेचेर बढी नाफा हुने भएपछि बाडी र बाच्छी नहुर्काउने गरेकाले गाई र भैंसीको अभाव हुदै गएको केन्द्रको भनाई छ । एक वटा हुर्काए बापत १० हजार अनुदान दिने व्यवस्था गरिएको केन्द्रले जनाएको छ । किसानलाई बढीमा ५० हजार रुपियाँसम्म अनुदान पाउने व्यवस्था गरिएको छ ।

चालु आर्थिक बर्षमा १०० वटाका लागि अनुदान दिन १० लाख रुपियाँ विनियोजन गरिएको केन्द्रका प्रमुख डा. बालकुमार श्रेष्ठले जानकारी दिनुभयो । पशुपालनका लागि उन्नत जातका गाई भैँसीको स्रोत केन्द्र निर्माण गर्न केन्द्रले बाच्छी पाडी संरक्षण कार्यक्रम ल्याएको डा. श्रेष्ठले बताउनुभयो । उन्नत जातका गाई र भैँसीमा कृत्रिम गर्भधान गरी जन्मिएका पाडी र बाच्छीलाई मात्र अनुदान दिने व्यवस्था रहेका प्रमुख डा. श्रेष्ठले बताउनुभयो ।

‘‘अनुदान व्यवस्थाले पाडी बाच्छी हुर्काउने किसान बढिरहेको उन्नत जातको भैंसी र गाईमा आत्मनिर्भर बन्न सहयोग गरेको छ’’ डा.श्रेष्ठले भन्नुभयो । बार्षिक कार्यक्रम अनुसारको बजेटले नसमेट्ने किसानका लागि मन्त्रालयमार्फत बजेटको माग गरी अनुदान दिने तयारी भइरहेको उहाँले बताउनुभयो । मुलुकलाई दुध उत्पादनमा आत्मनिर्भर बनाउन पाडी तथा बाच्छी संरक्षण कार्यक्रमले महत्वपूर्ण टेवा पु¥याउने डा. श्रेष्ठको भनाई छ ।

कार्यक्रमले प्रर्याप्त दुध उत्पादन गर्नुको साथै अन्य मुलुकबाट उन्नत जातका गाई भैँसी आयात गर्नुपर्ने बाध्यातालाई निरुत्साहित गर्ने विश्वास केन्द्रले लिएको छ । दुध उत्पादनमा आत्मनिर्भर रहेको तनहुँमा बार्षिक ३८ हजार मेट्रिक टन दुध उत्पादन हुनेगरेको केन्द्रले जनाएको छ ।

३१ हजार मेट्रिक टन दुध जिल्लामै खपत हुनेगरेको बताइएको छ । तनहुँमा दुध उत्पादनका लागि व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका र बन्दीपुर गाउँपालिका पकेट क्षेत्रको रुपमा चिनिन्छन् । यद्यपि जिल्लाका किसानले उत्पादन गरेको दुध जिल्ला बाहिर पनि खपत हुनेगरेको छ ।

तनहुँलाई दुग्ध उत्पादनमा आत्मनिर्भर बनाई गाईभैंसीको आयात प्रतिस्थापन गर्ने उद्देश्यसहित केन्द्रले पाडी बाच्छी हुर्काउने किसानलाई प्रेरित गर्ने कार्यक्रम अघि सारेको बताएको छ । गत वर्ष १५० वटा पाडी र बाच्छी हुर्काउनेलाई जनही १० हजारका दरले १५ लाख रुपियाँ अनुदान प्रदान गरिएको डा.श्रेष्ठले जानकारी दिनुभयो ।

कार्यक्रम अन्तर्गत एक वर्षदेखि दुई वर्षसम्मको पाडी बाच्छी हुर्काएवापत कृषकलाई अनुदान दिइएको केन्द्रले जनाएको छ । पाडी बाच्छी लोप हँुदैजाँदा दुग्ध उत्पादनमा समेत असर पर्ने भएकाले गण्डकी प्रदेश सरकारको सहयोगमा अनुदान दिइएको केन्द्र प्रमुख डा. श्रेष्ठले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?