logo
२०८१ जेष्ठ ६ आईतवार



स्वास्थ्यकर्मी अभावमा कैदीवन्दीको उपचारमा समस्या

खुला |
प्रदेश |


स्वास्थ्यकर्मी अभावमा कैदीवन्दीको उपचारमा समस्या


अमरराज नहर्की
तनहुँ, माघ २४ गते । स्वास्थ्यकर्मी नहुँदा तनहुँ कारागारका कैदीबन्दीलाई उपचारमा समस्या भएको छ । यहाँ कार्यरत स्वास्थ्यकर्मी सरुवा भएर अन्यत्र गएपछि अर्को व्यवस्था नहुँदासम्म कैदीबन्दीको नियमित स्वास्थ्य उपचार प्रभावित भएको कारागारले जनाएको छ ।

उपचार गर्ने स्वास्थ्य सहायक (हेल्थ असिस्टेन्ट) साढे दुई वर्ष अघिदेखि खाली छ । कारागारजस्तो संवेदनशील ठाउँमा लामो समयदेखि स्वास्थ्यकर्मी नहुँदा उपचारमा समस्या भएपनि सम्बन्धित निकायको ध्यान नपुगेको कैदीबन्दीको गुनासो छ ।

स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीलाई सामान्य उपचार गर्न समेत दमौली अस्पताल र अन्य निजी अस्पताल लैजानु पर्ने बाध्यता रहेको कारागारका सूचना अधिकारी नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । स्वास्थ्य सहायक सक्षम घिमिरे २०७६ असोज २३ गते सरुवा भएर गएपछि कारागार स्वास्थ्यकर्मीविहीन भएको उहाँले जानकारी दिनुभयो । ‘‘पदपूर्तिका लागि कारागार व्यवस्था विभागलाई पटक पटक ताकेता गरेका छौं तर सुनुवाई भएको छैन’’ अधिकारीले भन्नुभयो ।

चिसो मौसमका कारण कैदीबन्दीमा रुघाखोकी विभिन्न स्वास्थ्य समस्या देखिनथालेको तर कारागारमा स्वास्थ्यकर्मी नहुँदा उपचार र स्वास्थ्य परिक्षणका लागि दमौली अस्पतालसम्म लैजानुपरेको अधिकारीले बताउनुभयो । बाहिर गएर उपचार गर्न कैदीबन्दीले अप्ठ्ेरो मान्नेगरेको पनि उहाँको भनाई छ ।

११५ क्षमताको तनहुँ कारागारमा हाल ‘ए’ ब्लकमा १४५ जना ‘बि’ ब्लकमा ११२ गरी २५६ जना कैदीबन्दी रहेका कारागारले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?