logo
२०८१ जेष्ठ २ बुधवार



बरदान बन्यो 'स्नोलक भेइकल', हुम्लामा हिउँ पर्दा पनि सहजै उडान

खुला |
प्रदेश |


बरदान बन्यो 'स्नोलक भेइकल', हुम्लामा हिउँ पर्दा पनि सहजै उडान


राजन राउन
हुम्ला माघ ११ गते । हुम्ला जिल्ला सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिएको छैन । जिल्लालाई देशका अन्य भागसँग जोड्ने एउटै मात्र माध्यम हावाई जहाज हो । त्यो पनि हिउँदमा पटक पटक पर्ने हिउँले विमानस्थल बन्द हुने गथ्र्यो ।
विगतमा हिउँ परेपछि सेना प्रहरी कर्मचारी र स्थानीय बेल्चाको सहायताले हिउँ फाल्थे । यसो गर्दा धेरै दिनसम्म उडान अवरुद्ध हुन्थ्यो । तर अहिले बिमानस्थले हिउँ फाल्नका लागि स्नोलक भेइकल ल्याएर सञ्चालनमा ल्याउँदा हिउँ परेका बेला पनि उडान भर्न सहज भएको छ ।
उक्त भेइकल नहुँदा हिउँ परेको बेला बिमानस्थलमा जमेको हिउ मानिसले फाल्नु पर्ने भएकोले हप्ता दिनसम्म हवाइ सेवा अबरुद्ध हुने समस्या यसबाट हटेको हो ।
बिमानस्थलका लागि उद्योग बाणिज्य संघका प्रतिनिधि टेकबहादुर रोकायाले हिउ फाल्ने भेइकल आएपछि हिउँ परेको बेला पनि हवाई सेवा सुचारु राख्न सहयोग पुगेको बताउनुभयो । उहाँले भेइकल नहुँदा बढी हिमपात भएको वर्ष एक महिनासम्म उडान अबरुद्ध भएको सम्झदै उपकरणले गर्दा त्यो समस्या समधान भएको बताउनुभयो ।
उहाँले आईतबार हिमानस्थलमा आधा फिट भन्दा बढी हिउँ जमेको बेला बिहान हिउ फालेपछि दिउसो बाह्र बजेबाट उडान भर्न संम्भव भएको बताउनुभयो । पहिले आफुले बेल्छाले हिउ पारेर बिमानस्थल सुचारु गरेको सुनाउदै अहिले मानिसले बिमानस्थलको हिउँ फाल्ने समस्याबाट बिदा लिएको बताउनुभयो ।
उक्त हिउँ सेना प्रहरी, कर्मचारी, ब्यापारी, राजनीतिकर्मी र एयरलाईन्सका कर्मचारीले फाल्दै आउनु भएको थियो । तर चार वर्षयता मानिसले बिमानस्थलको हिउ फाल्ने समस्याले बिदा मात्र लिएको छैन नियमित उडान भर्न पनि सहज भएको छ । भ्याकल आएपछि जति हिउ बिमानस्थल र एप्रोनमा जमेपछि एक दिनमै उडान भर्न सहज भएको छ ।
नागरिक उड्यायन प्राधिकरण सिमकोटका प्रमुख मोहन गिरीले मानिसबाट बिमानस्थलको हिउ फाल्नु पर्ने बाध्यतालाई हटाउनका लागि स्नोलक भेइकले व्यवस्था गरिएको बताउनुभयो । यसअघि उहाँले एक हप्ता, दशदिनसम्म हिमपात र बिमानस्थलको हिउ फाल्न समय लागेको उडान अबरुद्ध हुनु सामान्य जस्तै लागेपछि अहिले त्यो समस्याबाट जिल्लावासीलाई मुक्ति मिलेको बताउनुभयो ।
उहाँले भेइकलको व्यवस्थाले बिमानस्थलमा तीन फिटसम्म जमेको हिउँलाई सफा गरेर उडान भर्न सफल भएको बताउनुभयो । प्रबिधिको सहयोगले गर्दा हुम्लामा नियमित उडान भर्न सकिएको हो । उहाँले भेइकलको सहायताले यसवर्ष दिनभर हिउ परेको भए पनि दुई दिन बाहेक नियमित हवाई सेवा सुचारु भई रहेको बताउनुभयो । बिहान दश बजेसम्म हिउ पर्दा पनि दुई घण्टा सफा गरेर एक बजेबाट उडान भर्न सकिएको बताउदै भेइकलको सहायताले यात्रु, कार्गो र खाद्यान्न ढुवानीमा सहजता आएको बताउनुभयो । यद्यपि नियमित बिद्युत आपूर्ति नहुँदा सो भेइकलका लागि आबश्यक पर्ने ब्याट्री चार्ज गर्न भने बिमानस्थललाई समस्या हुने गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?